१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

सुकिलुम्बा विमानस्थलबाट परीक्षण उडान हुने: नेता नेम्वाङ

सुकिलुम्बा विमानस्थलबाट परीक्षण उडान हुने: नेता नेम्वाङ

पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताउनुभएको छ ।

नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पु¥याएर १० दिनभित्र परीक्षण उडान गरिने बताउनुभयो ।

एक दशकदेखि निर्माण कार्य शुरु भएको विमानस्थल सञ्चालन गर्न जिल्लावासीको चासो बढिरहेका बेला नेम्वाङले परीक्षण उडान गर्ने आश्वासन दिनु भएको छ । उहाँको यस आश्वासनले जिल्लावासी उत्साहित भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई उद्धृत गर्दै १० दिनभित्र परीक्षण उडान हुन्छ, १५ दिनमा इलाम लिएर जान्छु भनेको स्मरण गर्नुभयो ।

सुकिलुम्बामा ट्विनअटर विमान अवतरण तथा उडान हुने बताइएको छ ।

फरक प्रसंगमा नेता नेम्वाङले पार्टी एकताको विकल्प नरहेको बताउनुभयो । नेम्वाङले पार्टी एकतामा कुनै समस्या नभएको भन्दै एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई पार्टीका अध्यक्षबीच गम्भीर छलफल भइरहेको बताउनुभयो ।

दुई पार्टीको एकतालाई निर्वाचनबाट नागरिकले अनुमोदन गरिसकेकाले पनि एकताको विकल्प नभएको उहाँको भनाइ छ ।

Related News

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • १७ बैशाख २०७५, सोमबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • १७ बैशाख २०७५, सोमबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • १७ बैशाख २०७५, सोमबार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

TOP