१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

सरकारले पठाएको ठाउँमा कर्मचारी जानैपर्छ ः मन्त्री पण्डित

सरकारले पठाएको ठाउँमा कर्मचारी जानैपर्छ ः मन्त्री पण्डित

संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा राष्ट्रसेवक कर्मचारी जानुपर्ने बताउनुभएको छ ।

मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताउनुभयो ।

मन्त्री पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझावसमेत दिनुभयो ।

लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै नसक्ने भन्दै त्यस्ता कर्मचारीले राजीनामा दिएर अन्य व्यवसाय गरे सरकारलाई कुनै आपत्ति नहुने बताउनुभयो ।

कपिलवस्तु जाने क्रममा विमानस्थलमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिएको जनाउँदैं त्यसमा भाग नलिए पनि सरकारले खटाएको ठाउँमा जानैपर्ने बताउनुभयो ।

उहाँले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न नसक्ने बताउनुभयो ।

“राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानुपर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ” मन्त्री पण्डितले भन्नुभयो कुनै पनि कमर्चारी म सरकारले खटाएको ठाउँमा जानै पाइदैन ”।

मन्त्री पण्डितले दुई पार्टीबीचको एकताको कुरा अन्तिमचरणमा पुगेको उल्लेख गर्दै अब एकताको मिती तय गर्न मात्रै बाँकी रहेको बताउनु भयो । उहाँले वर्तमान वाम गठबन्धनको सरकारले मुलुकमा विकास निर्माण र सुशासनमा विशेष ध्यान दिने बताउनुभयो ।

Related News

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
  • १४ बैशाख २०७५, शुक्रबार

सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध...

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
  • १४ बैशाख २०७५, शुक्रबार

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान...

मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
  • १४ बैशाख २०७५, शुक्रबार

सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा तेस्रो जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।...

TOP