२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

दश वर्षमा दश हजार मेगावाट विद्ययुत उत्पादन गरिने :बर्षमान पुन

दश वर्षमा दश हजार मेगावाट विद्ययुत उत्पादन गरिने :बर्षमान पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिकाअन्तर्गत सानुसिरुवारीस्थित मजुवा बगर ग्रामीण लिफ्ट सौर्य खानेपानी योजनाको उद्घाटन गर्दै उहाँले भ्रष्टाचाररहित समाज निर्माण गरी देशमा सुशासन कायम राखिने बताउयनुभयो ।

प्रायः हरेक ठाउँमा सौर्य ऊर्जाबाट लिफ्टिङ गरी सिँचाइ तथा खानेपानी योजना सञ्चालन हुँदै आएकामा त्यस्ता योजनामा प्रयोग हुँदै आएको शक्तिलाई राष्ट्रिय ग्रीडमा जोडेर खेर गएको शक्तिलाई सरकारले खरिद गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले दिगो विकास योजनाको खाका तयार गरी सड्क, खानेपानी, शिक्षा तथा विद्युतीकरणको योजनाबद्ध तरिकाले काम अघि बढिरहेको चर्चा गर्नुभयो ।

यसअघि आजै मन्त्री पुनले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्नुेभयो ।

सो अवसरमा संघीय संसद्का सदस्य अग्नि सापकोेटा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपराज उपाध्याय तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सहभागिता रहेको थियो ।

सौर्य ऊर्जाको माध्ययमबाट एक हजार ४५२ मिटरको उचाइमा पनी तानेर २२४ धारा वितरण गरिएको छ । सो आयोजना वल्र्ड भिजन इन्टरनेशनल, जनहित ग्रामीण सेवा समितिको रु एक करोड १४ लाख ४९ हजार, बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ४२ लाख ६९ हजार चौतारा सागाचोकगढी नगरपालिका–७ सानुसिरुवारीको रु आठ लाख, जनसहभागितामा रु १२ लाख ६८ हजारसहित कुल रु एक करोड ७७ लाख ८७ हजार ७०८ मा सम्पन्न भएको उपभोक्ता समितिले जानकारी दिएकोछ । रासस

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • ९ बैशाख २०७५, आईतवार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • ९ बैशाख २०७५, आईतवार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • ९ बैशाख २०७५, आईतवार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP