२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

चिया भनेकै इलामको नारा पारित गर्दै कार्यशाला सम्पन्न

चिया भनेकै इलामको नारा पारित गर्दै कार्यशाला सम्पन्न

चिया भनेकै इलामको नारा पारित गर्दै कार्यशाला सम्पन्न इलामको चिया प्रवर्धन र सरोकार विषयक एक दिने बृहद् अन्तत्र्रिmया कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ । चिया उत्पादन, विकास र बजारीकरण संग सम्वन्धित रहेर अन्तक्र्रिया सञ्चालन भएको चिया व्यवसायी तथा इलामेली कृषक तिलक अर्यालले बताए । १०० भन्दा बढी चियासंग सरोकार राख्ने चिया विशेषज्ञ, चिया कृषक, विद्यार्थी, पत्रकार, समाजसेवी, साहित्यकार, शिक्षाविद्, लगायतका इलामका स्थायी बासिन्दा तथा इलामबाट काठमाण्डौ आइ बसोवास गर्ने अगुवाहरुको उपस्थिति थियो । कार्यक्रममा सुर्योदय नगरपालिकाका मेयर आरबी राई, चिया विशेशज्ञ तथा प्रशिक्षक नरेन्द्र गुरुगं, चिया व्यवसायी चिरन्जिवी दहाल, सामाजिक अगुवा लोकनाथ सुवेदी, इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकाली, तथा प्रमुख अथिति पुर्व प्रधानमन्त्री तथा इलामका सांसद झलनाथ खनाल ले चिया विकास र बजारीकरणका लागि महत्वपूर्ण विचारहरु व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता एमाले इलाम काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष रवीन्द्रनाथ अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रदीप आचार्यले गर्नुभएको थियो । कार्यक्रमले नेपालको चिया विकासको लागि साझा अनि एकिकृत ट्रेडमार्क युक्त लोगो एकै स्वरले पारित गर्नुपर्ने, गुणस्तरीय अर्गानिक चिया उत्पादनमा सरोकारवाला पक्षहरुले चासो दिएर चिया विकासमा लाग्नुपर्ने, राज्यले चिया तथा कफि विकास बोर्ड प्रदेश नंम्मर १ मा स्थापना गर्नुपर्ने, चिया भनेकै इलामको भन्ने मान्यतालाई स्थापित गर्न सामुहिक पहल कदमी तर्फ लाग्नुपर्ने, इलाम क्याम्पस लगायतका शैक्षिक संस्थाहरुमा चियाको औपचारिक डिग्री संचालन गरी प्राविधिक जनशक्ति तयार पार्नुपर्ने, चिया पर्यटनको विकासमा राज्य गम्भीर बन्नुपर्ने, चियाको विकासमा रहेका नीतिगत कमजोरीहरु सच्याएर अगाडि बढ्नुपर्ने, विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय चिया उत्पादनमा किसानहरु लाग्नुपर्ने लगायतका विषयमा निस्कर्षमा पुग्दै कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति काठमाण्डौले गरेको थियो ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • ८ बैशाख २०७५, शनिबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • ८ बैशाख २०७५, शनिबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • ८ बैशाख २०७५, शनिबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP