बालबालिकामाथि सिरियामा भएको बर्बरताको विरोधमा अपेनको विशाल शान्ति रयाली
युनिभर्सल अनलाईन टीभी संवाददाता, काठमाण्डौ
मन्टेश्वरी, किन्डर गार्डेन, चाइल्ड केयर सेन्टर लगायतका प्रि स्कूलहरुको छाता संगठन एसोसिएसन अफ प्रि स्कूल एजुकेटरर्स नेपाल (अपेन)को आयोजनामा राजधानीमा बृहद् शान्ति
रयाली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । अपेनले सिरियामा भइरहेको बालबालिका माथिको अत्याचार, बालअधिकारको हनन अनि निर्दोष बालबालिका माथि भएको बर्बरतापूर्ण हत्याको श्रृंखलाको विरोध गर्दै बालबालिका शान्ति क्षेत्रहुन् यिनीहरका नाममा हुने हिंसा बन्द गरौ, विश्वमा शान्ति कायम गरौँ भन्ने प्ले कार्ड व्यानर बोकिएका सन्देशहरु उक्त ¥यालीमा प्रस्तुत गरिएका थिए ।
रयाली काठमाण्डौको भृकुटीमण्डपबाट शुरु भई भद्रकाली, सिंहदरबार हुदै माइतीघर मण्डलमा पुगेको थियो । मण्डलाको विशेष शान्ति क्षेत्रमा अपेन अंकित मैनबत्ती प्रज्वलन गरी सबै उपस्थित शिक्षाकर्मी, पत्रकार, शुरक्षाकर्मी, समाजसेवी, विद्यार्थी सवैले बालबालिकाको शान्ति पुर्वक बाँच्न पाउने अधिकार स्थापितहोस् भनी प्रार्थना गरेका थिए ।
कार्यक्रममा अपेन केन्द्रीय परिचालन कमिटी, काठमाण्डौ जिल्ला शाखा, ललितपुर शाखा, भक्तपुर शाखाका विद्यालय संचालक, शिक्षक, कर्मचारी लगायत हजारौँको संख्यामा उपस्थित रहेको थियो ।
¥यालीको शुरुमा बोल्नुहुदै कार्यक्रम संयोजक कृष्ण बोहोराले सिरियामा भएको बालबालिकामाथिको बर्बरताबाट सारा प्रिस्कुल संचालकहरु स्तब्ध भएको भन्दै मानवीयता र भावनामा आघात पुग्ने यस्ता कदमको खुलेर विरोध गर्दै आगामी दिनमा यस प्रकारका गतिविधिहरु अन्त्य गर्न अपेनको यो विशेष अपिल भएको जानकारी गराउनुभयो ।
दीप प्रज्वलन पछि उपस्थित सवैमा धन्यबाद ज्ञापन गर्दै अपेन केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहालले सिरियामा भएको अमानवीय कदमको खुलेर विरोध गर्दै मानव अधिकारको खोल ओडेर समाजलाई गुम्राहमा राख्ने कथित अधिकारकर्मी विश्व समुदायलाई शान्ति स्थापनाका खातिर जिम्वा लिएर बसेका संयुक्त राष्ट्रसंघ लयायतका मानव अधिकारबादी संस्थाहरुको विशेष ध्यानाकर्षण गराउनु भयो । अपेनले सिरियामा भएका यसप्रकारका क्रुर र निन्दनीय कदमहरु चाँडो भन्दा चाँडो रोकिउन् भन्ने कामना समेत गर्दै कठिनाईका बाजजुद रयाली भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने पत्रकार, महानगरीय प्रहरी प्रभाग, काठमाण्ठौ जिल्ला प्रशाषन तथा सम्पूर्ण अपेन सम्बद्ध पदाधिकारी, शिक्षाकर्मीहरुलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको थियो ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...