२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

दुई दिनभित्र देउवाको राजीनामा, फागुन ७ सम्म नयाँ सरकार

दुई दिनभित्र देउवाको राजीनामा, फागुन ७ सम्म नयाँ सरकार

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुनको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने, “फागुन ७ गतेको प्रजातन्त्र दिवस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ, वाम गठबन्धन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ, उहाँलाई मेरो शुभकामना छ ।”

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले हिजो सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको स्पष्ट पारे ।

उनले भने, “निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले यही मञ्चमा बोलेको थिएँ, कि नयाँ सरकार फागुनको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै यो कुरा प्रमाणित हुन्छ ।”

मन्त्री थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आउने पनि जनाए ।

उनले सरकारले आगामी मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिश गर्नेबारे छलफल गर्ने समेत विश्वास दिलाए । उनले भने, “अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं, ३ जनाको नाम सिफारिश गर्दा साझा व्यतिmत्व चयन गर्छौ, योग्यता पुगेकाहरुलाई नै हामी सिफारिश गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्वहरु च्यन गर्छौं ।”

त्यस्तै उनले वर्तमान सरकारले महत्वपूर्ण निर्णयहरु गरेकोमा विरोध हुनु स्वभाविक भएको समेत स्पष्ट पारे । यद्यपी उनले सरकारले निर्णय गर्नु कुनै नौलो कुरा नभएको जिकिर गरे ।

Related News

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
  • २५ माघ २०७४, बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य...

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • २५ माघ २०७४, बिहीबार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • २५ माघ २०७४, बिहीबार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

TOP