१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

यस्तो रह्यो धुर्मुस सुन्तली एकीकृत बस्ती हस्तान्तरण कार्यक्रम

यस्तो रह्यो धुर्मुस सुन्तली एकीकृत बस्ती हस्तान्तरण कार्यक्रम

काठमाडौं–धुर्मुस सुन्तली फाउन्डेसनले बाढी पीडितलाई लागि रौतहटको सन्तपुरमा निर्माण गरेको एकीकृत नमुना बस्तीको एक समारोहका बीच हस्तान्तरण गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले बस्ती हस्तान्तरण कार्यक्रमको उद्घाटन गरिन् ।
पाँच करोड ९५ लाख रुपैयाँमा तयार भएको सन्तपुर बस्तीमा ४५ घर, सामुदायिक भवन, मन्दिर, आधारभुत तहको स्कुल, बगैँचा र भ्यू–टावर निमार्ण गरिएको छ । भुकम्प प्रतिरोधी प्रत्येक घर दुई तलाको निमार्ण गरिएको फाउन्डेसनले जनाएको छ । प्रत्येक घरमा खानेपानीको धारा र अच्याड बाथरुमको ब्यवस्था गरिएको छ ।
घर भुकम्प प्रतिरोधी हुनुका साथै अपाङ्ग तथा बालमैत्री संरचनामा निर्माण गरिएको कलाकार सीताराम कट्टेलले जानकारी दिए । यी घरमा सन्तपुरका माझी, मुसहर, दुसाद, लोहार, हजाम समुदायका परिवारले बसोबास गर्नेछन् ।
स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट यो बस्ति निर्माण गरिएको हो । बस्ती निमार्ण सम्पन्न भएपनि अझै रकम अभाव रहेको फाउण्डेशनले जनाएको छ । बस्ति हस्तान्तरण कार्यक्रममा महजोडी, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु, कलाकारहरु र स्थानीयको सहभागिता रह्यो

Related News

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
  • २३ माघ २०७४, मंगलवार

सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध...

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
  • २३ माघ २०७४, मंगलवार

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान...

मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
  • २३ माघ २०७४, मंगलवार

सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा तेस्रो जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।...

TOP