२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

युवा गायक बिमल गौतमको नयाँ गीत ‘रुपको झड्का…’ बोलको गीत म्युजिक भिडियोमा

युवा गायक बिमल गौतमको नयाँ गीत ‘रुपको झड्का…’ बोलको गीत म्युजिक भिडियोमा

मोडल एवं नायिका एलिसा राईले मोडल तथा कोरियोग्राफर भम्भिर विष्टलाई घाईते बनाएकी छन् । एक दर्जन बढी गीत श्रोतामाझ ल्याइसकेका युवा गायक बिमल गौतमको नयाँ गीत ‘रुपको झड्का…’ बोलको गीतको म्युजिक भिडियोमा एलिसाको रुपको झट्काले गम्भिर घाइते भएका छन् ।

बुढासुब्बा म्यूजिक कम्पनीमार्फत युट्युवमा आज सार्वजनिक गरिएको गीतमा गायक आफैँले संगीत गरेका छन् भने आफँैले प्रकाश श्रेष्ठसँग सहकार्य गरेर गीतको शब्द तयार पारेका छन् ।

पछिल्लो समयमा दर्शक÷श्रोताले रुचाईएको स्वाद तथा शैलीमा गीत तयार भएको गायक बताउँछन् । गौतमको यस गीतको भिडियोमा यतिबेला चर्चामा रहेकी मोडल एलिसा राई र चर्चित कोरियोग्राफर तथा मोडल गम्भिर बिष्टले अभिनय गरेका छन् । नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ । भिडियोको निर्देशन गम्भिर आफैँले गरेका छन् ।

‘युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिनुका साथै संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेको छ ।’ यसअघि सर्वाधिक रुचाईएको यो घरबाट…गीतका इलामे गायक गौतम भन्छन्, ‘फाष्ट बीटको डान्सिङ नम्बर भएकोले युवाहरुलाई विशेषतः यो गीतले आकर्षण गर्छ भन्ने लागेको छ ।’

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • १९ माघ २०७४, शुक्रबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • १९ माघ २०७४, शुक्रबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १९ माघ २०७४, शुक्रबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP