२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

१७ नक्कली डाक्टरलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

१७ नक्कली डाक्टरलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतकाका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न अनुमती दिएको हो।

गत सोमबार प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ९सिआइबी० काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई पक्राउ गरेको थियो।
नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको थियो।
राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए।

विदेशी डाक्टर नेपालमा अभ्यास गर्न मेडिकल काउन्सिलको अनुमती लिनुपर्छ। उनीहरुले कसैले पनि मेडिकल काउन्सिलबाट अनुमती लिएका छैनन्। ठगी मुद्धामा अनुसन्धान गर्नको लागि उनीहरुको म्याद थप गरिएको बताइएको छ ।

ratopati

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • १७ माघ २०७४, बुधबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • १७ माघ २०७४, बुधबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १७ माघ २०७४, बुधबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP