२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

एकीकृत नमुना सन्तपुर बस्ती निर्माण कार्य अन्तिम चरणमा- १ करोड ३० लाख रकम अपुग

एकीकृत नमुना सन्तपुर बस्ती निर्माण कार्य अन्तिम चरणमा- १ करोड ३० लाख रकम अपुग

इटहरी । गत असोज ४ गतेबाट हाँस्यकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले निर्माण सुरु गरेको एकीकृत नमुना सन्तपुर बस्तीको कार्य अन्तिम चरणमा पुगेको छ । रौतहटको चन्द्रपुरस्थित निर्माण भएको बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, खानेपानीको धारा, सार्बजनिक शौचालय, भ्यु टावर, आधारभूत तहको स्कुल , बगैंचा लगायतका संरचना निर्माण गरिएको छ । चन्द्रपुर नगरपालिका–८ स्थित जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४७ परिवार अव माघ २१ गतेदेखि यो बस्तिमा बस्दैछन् ।


माघ २१ गते हस्तान्तरण गर्न लागिएको बस्तिको अहिले फिनिसिङ गर्ने कार्य भइरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीतारामले जानकारी दिए् । ५ करोड ९५ लाखको लागतमा निर्माण हुँदै गरेको नमुना बस्तीका लागि १ करोड ३० लाख रकम अपुग भएको समेत उनले जानकारी दिए । दिनदिनै सहयोग रकम जुटिरहे पनि छोटो समयमा यति ठूलो रकम जुटाउनुपर्ने भएकाले समस्या आएको उनले बताए । सहयोगि मनहरुले सहयोग गरिरहेका कारण यतिका रकम चाँडै जुट्ने विश्वास रहेको समेत उनले बाए । एकीकृत नमुना सन्तपुर बस्ती निर्माणमा सहयोगीहरुको राम्रो साथ पाएकाले बस्ती निर्माणसुरु गर्दा तोकिएको समय भन्दा ३ दिन अगाडी वस्ती हस्तान्तरण गर्न सम्भव भएको कट्टेलले बताए ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • १२ माघ २०७४, शुक्रबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • १२ माघ २०७४, शुक्रबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १२ माघ २०७४, शुक्रबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP