२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

प्रदेश प्रमुखलाई मन्त्री सरह सुविधा

प्रदेश प्रमुखलाई मन्त्री सरह सुविधा

प्रदेश प्रमुखलाई सरकारले मन्त्री सरह सुविधा दिएको छ। गृह मन्त्रालयले उनीहरु मन्त्री सरह सुविधा दिइएको जनाएको छ।

शुक्रबार सपथ लिएलगत्तै गृह मन्त्रालयले उनीहरुलाई गाडि, पिएसओ लगायत सुविधा दिइसकेको छ। ‘उहाँहरुलाई मन्त्री बराबरकै सुविधा दिइएको छ,’ गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले भने,‘मन्त्री चढ्ने गाडी नै दिएका छौं, सुरक्षाको प्रबन्ध पनि मन्त्री सरह नै गरिएको छ।’ सुरक्षाका लागि सेनाबाट पिएसओ खटाइएको छ।

शुक्रबार सपथ खाएका सातै जना प्रदेश प्रमुखहरु आइतबारदेखि प्रदेशको अस्थायी राजधानीमा हाजिर हुँदैछन्। आइतबार नै प्रदेश सांसदहरुलाई उनीहरुले सपथ खुवाउने कार्यक्रम छ। १ नम्बर प्रदेशमा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गकिशोर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो।

पदभार ग्रहण गराएर क्षेत्रीय प्रशासक फर्कने
आइतबार प्रदेश प्रमुखहरुलाई पदभार ग्रहण गराएपछि क्षेत्रीय प्रशासकहरु फर्कने भएका छन्।  सातै प्रदेशमा सरकारले प्रमुख सचिवको नेतृत्वमा कर्मचारी खटाउने तयारी गरेको छ। आइतबार नै प्रमुख सचिव खटाउने सम्भावना रहेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए। क्षेत्रीय प्रशासकमध्ये केहीलाई भने त्यही प्रमुख सचिव बनाउने तयारी समेत छ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • ६ माघ २०७४, शनिबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • ६ माघ २०७४, शनिबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • ६ माघ २०७४, शनिबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP