१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्पन्न

काठमाडौं । विश्वभरका युवाहरुका साझा समस्या र सरोकारबारे छलफल गर्न विभिन्न ३३ राष्ट्रका युवा प्रतिनिधिहरु सहभागि सम्मेलन सम्पन्न भएको छ । युवा संसद नेपालले आयोजना गरेको दुई दिने कार्यक्रम काठमाडांै घोषणापत्र जारी गर्दै आईतबार सम्पन्न भएको हो । ‘ग्लोबल युथ पिस कन्फ्रेन्स २०१८ ’ मा सहभागि हुन सार्क राष्ट्रसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा,जापान, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशकासहित १ सय ३० जना युवा अभियन्ताहरुको सहभागिता रहेको थियो ।
युवा संसद नेपालका संयोजक दिवाकर अर्यालले युवाहरुको साझा एजेण्डा र आवश्यकताबारे छलफल गरी भावी रणनीति तय गर्न सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता , युवा सहभागिता र शान्तिका लागि सांस्कृतिक कुटनीति लगायतका विषयमा छलफल भएको अर्यालले जानकारी दिए ।
नेपालमा युवा, शान्ति, उद्यमशीलता र सुशासनको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । अभिनेता राजेश हमाल, सिएनएन सुपर हिरो पुष्पा बस्ने, एपीवान टेलिभिजनका समाचार प्रमुख टिकाराम यात्री, शान्ति अभियन्ता पिताम्बर भण्डारी, युवा वैज्ञानिक जितेन्द्र उपाध्याय, युवा अभियन्ताहरु सुलोचना सिग्देलन, बासु गौतम र हिक्मत थापालाई ‘युवा अभिप्रेरणा सम्मान २०१८’ प्रदान गरिएको थियो ।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ३० पुष २०७४, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ३० पुष २०७४, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • ३० पुष २०७४, आईतवार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP