प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनशनमा बसेका डा. गोविन्द केसीले ५ दिनपछि अनशन तोडेका छन् । शनिबार बिहान साढे दश बजे त्रिवि शिक्षण अस्पताल बाहिर जुत्ता पालिस गर्ने सिरहाका ४८ वर्षीय नथुनियाँ मियाको हातबाट जुस पिएर डा. केसीले अनशन तोडेका हुन् ।
शुक्रबार स्वाथ्यमन्त्री दिपक बोहरा र केसीबीच ५ बुँदे सहमति भएपछि केसी अनशन तोड्न सहमत भएका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शशि शर्माको पुनर्बहाली आदेशसँगै डा.केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागसहित गत सोमबारदेखि अनशन थालेका थिए।
अनशन तोड्दै केसीले आफ्नो लडाईँ न्यायालय भित्र हुने चलखेल र भ्रष्टाचारविरुद्ध भएको बताए । प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने र राजीनामा नदिए पुनः सत्याग्रहमा उत्रने चेतावनी दिए।
Annapurnapost
शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...
मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...