१८ माघ २०७९, बुधबार
February 1, 2023, Wednesday

मन्टेश्वरी स्कूल संचालनमा अपेन द्धारा २० बुँदे आचारसंहिता जारी

मन्टेश्वरी स्कूल संचालनमा अपेन द्धारा २० बुँदे आचारसंहिता जारी

मन्टेश्वरी स्कूल संचालनमा अपेन द्धारा २० बुँदे आचारसंहिता जारी

युनिभर्सल अनलाईन टीभी, समाचारदाता

एसोसिएसन अफ प्रि स्कूल एजुकेटर्स नेपाल (अपेन) ले प्रि स्कूल संचालकहरुका लागि एक दिने नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्वन्धी कार्यशाला सफलतापुर्वक सम्पन्न गरेको छ । मेडिया इन्टरनेसनल अनामनगरमा उक्त कार्याशाला सम्पन्न भएको थियो ।

अपेन काठमाण्डौ जिल्ला समितिको आयोजनामा संचालित उक्त कार्यक्रममा १०० भन्दा बढी संचालकको विशेष उपस्थिति थियो ।


उक्त कार्यक्रमका प्रमुख अथिति अपेन केन्द्रीय अध्यक्ष बद्री दाहालले प्रि स्कुलले बालबालिकालाई सीप संस्कार र प्रविधि सहितको शिक्षा दिदै रोजगारी बृद्धि र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । यसलाई राज्यले उचित सम्मान गर्नुपर्ने कुरामा ससक्त जोड दिनुभयो । े प्रमुख प्रशिक्षक राजेन्द्र दाहाल रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व अपेन काठमाण्डौ अध्यक्ष अनुज बस्नेतले गर्नु भएको थियो । अतिथिहरुमा केन्द्रीय महासचिव अभिषेक घिमिरे लगायत केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।
उक्त कार्यशालाले विशेष गरी प्रि स्कूल संचालन सम्वन्धी २० बुँदे आचार संहिता पारित गरी लागु गर्ने निर्णय गरेको छ ।
साथै संस्थागत तथा व्यवसायिक विकास गरी प्रि स्कूल संचालन कार्यविधि र प्रक्रियालाई प्रभावकारी रुपमा सामुहिक पहल गर्ने र त्यसको स्तर उन्नति गरी भरपर्दो र स्थायित्व कायम हुने गरी व्यवसायिक विकास गर्ने समेत हलले पारित गर्यो ।
कार्यक्रमको संचालन अपेन काठमाण्डौका सचिव हरिस डी. सी. ले गर्नुभएको थियो ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २७ पुष २०७४, बिहीबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २७ पुष २०७४, बिहीबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २७ पुष २०७४, बिहीबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP