आज ९० दिन भएछ एकीकृत नमुना सन्तपुर बस्ती निर्माणमा जुटेको ।निकै खुसी छु।उत्तिकै भाबुक पनि छु।सहयोगी मनहरुले मन फराकिलो नबनाइदिनु भएको भए हामिले बस्तीको परिकल्पना मात्र गरेर सम्भब थिएन।५ करोड ९५ लाख अनुमानित रकम मध्य अब लगभग १ करोड ५0 लाख रकम यो परियोजनालाई अपुग छ र हालसम्म ४ करोड ३१ लाख भन्दा बढी रकम खर्च भैसकेको छ तर आशाबादि छु दैनिक जस्तो सहयोगी मनहरु जोडीरहनु भएको छ।हरेक परियोजना आट गरिरहदा जुन प्रकारको बिस्वास र सद्भाव हामी प्रती गरिदिनु भएको छ त्यसले मलाइ निकै ठुलो खुसी अनि भाबुक बनाएको छ।हामीले माघ २४ गते बस्ती हस्तान्तरणको संकल्प गरेका थियौ।खुसीको कुरो निर्धारित समय भन्दा अगाबै माघ २१ गते हामीले बस्ती हस्तान्तरण गर्ने सोच बनाएका छौ।।सम्पुर्ण सहयोगी मनहरु,सुभचिन्तक ज्युहरु,मिडियाकर्मी ज्युहरुमा हृदय देखि नमन र सम्पुर्णमा माघ २१ गते बस्ती हस्तान्तरण समारोह का लागी चुलै निम्तो!!
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...