१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

तिलोत्तमा ब्यापार मेलाको तयारी पुरा, भोली दिउसो १ बजे उद्घाटन हुने

तिलोत्तमा ब्यापार मेलाको तयारी पुरा, भोली दिउसो १ बजे उद्घाटन हुने

२५ पुस,बुटवल । व्यवसायिक दक्षता अभिवृद्वि र स्वरोजगार, सुदृढ आर्थिक विकासका निम्ती व्यापार विस्तार भन्ने नाराका साथ तिलोत्तमा व्यापार संघको आयोजनामा भोलीदेखि मणिग्राममा हुने व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक तिलोत्तमा ब्यापार संघले मंग्लवार  मेला सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण  तयारी पुरा भएको जानकारी गराएको हो । बुधबार दिउसो १ बजे उद्घाटन हुने व्यापार मेला आगामी माघ ९ गतेसम्म चल्ने छ । उद्घाटन पुर्व बिहान १० बजे बृहत रयालिको आयोजना गरिएको छ ।

तिलोत्तमा व्यापार संघका अध्यक्ष तथा मेला मुल समितिका संयोजक जेपी कंडेलले तयारी पुरा भएको जानकारी गराएका हुन् ।

अध्यक्ष कंडेलले तिलोत्तमा क्षेत्रका व्यवसायिमा  व्यवसायिक उत्साह ल्याउने गरी मेलाको आयोजना गरिएको बताए । तीन  सय २५ स्टल रहने मेलाको झण्डै ३ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड आर्थिक कारोवार हुने अनुमान आयोजकले गरेका छन् । मेलामा बाहिर भन्दा महङ्गो समान विक्रिवितरण गर्न नदिईने र त्यसका लागि अनुगमन समिति बनाईएको अध्यक्ष कंडेलले जानकारी गराए । उपभोक्ता मैत्री मेलामा गुणस्तरहिन समान पनि विक्री वितरण गर्न नदिईने उनको दावी छ । उपभोक्तालाई फरक पन दिनका लागि सञ्चालन गरिएको उक्त मेलामा कालीगण्डकी डाईभर्सनको झल्को दिने गरी सिंचाईका मेशीनहरु प्रदर्शन गरिने छ । त्यस्तै विभिन्न संस्कृति र संस्कार झल्कनेखालका सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिनुका साथै राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

मेलामा खेलकुंद क्षेत्रतर्फ भलिवल, करांते, कुस्ती लगायतका प्रतियोगिताहरुको समेत आयोजना गरिएको छ । मेला अवलोकन गर्ने सर्वसाधारणका लागि रु ५० को टिकट लाग्ने छ भने विद्यार्थीका लागि रु ३० र वृद्ववृद्वा, सरकारी कर्मचारी, पत्रकार तथा अपाङहरुका लागि निःशुल्क प्रवेशको ब्याबस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २५ पुष २०७४, मंगलवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २५ पुष २०७४, मंगलवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २५ पुष २०७४, मंगलवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP