सर्वोच्च अदालतको आदेशमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
मंगलबार सर्वोच्च अदालतमा दिएको लिखित बयानमा केसीले प्रधानन्यायाधीश पराजुलीले एसएलसी पास गरेको प्रमाण कहीँ कतै नरहेको भन्दै दोहोरो नागरिकताबारे पनि प्रश्न उठाएका हुन् ।
लिखित बयानका क्रममा डा. केसील यसअघि प्रधानन्यायाधीश पराजुलीबाट भएका न्यायिक निर्णयहरुको सूची नै प्रस्तुत गर्दै दुई ठाउँबाट नागरिकता लिएकाले उनीमाथि न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् ।
‘प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको कुरा कहीँ कतै छिपेको छैन’, केसीले दिएको लिखित बयानमा भनिएको छ, ‘पराजुलीले दुई ठाउँबाट नागरिकता लिएका मात्र छैनन्, उमेर पनि सच्चाएका छन् ।’
केसीले प्रन्या पराजुलीले एसएलसी पास गरेको नगरेको कुरामा पनि विवाद रहेको कुरा बयानमा उल्लेख गरेका छन् । ‘पराजुलीले एसएलसी पास गरे नगरेकोबारे विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको आदेशको मिसिल पनि हेर्न पाऊँ । पराजुलीको शैक्षिक प्रमाणपत्र जाँची पाऊँ’, केसीले भनेका छन्, ‘न्यायाधीश हुन प्रमाणपत्रै नभएको व्यक्ति कसरी प्रधानन्यायाधीश हुन सक्छन् ? के यो राज्य र अदालत जस्तो संस्थालाई गुमराहमा राख्ने अपराधिक कार्य होइन ?’
डा. केसीले आफ्नो बयानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणको पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।
‘गोपाल पराजुलीले लोकमानसिंहलाई गलत कानुनी आधारमा सफाइ मात्र दिएनन्, सफाइ दिएपछि उनका नातेदार (भानिज) लाई अख्तियारको कानुनी सल्लाहकार पनि बनाए । यसले न्यायिक गरिमाको अवस्था के भयो ? नातेदारलाई जागिर खुवाउने क्रममा न्यायिक गरिमा र न्यायिक आस्थालाई किनबेच गरेको देखिन्छ ।’
उनले बयानका क्रममा न्यायालयको अनादार गर्ने आफ्नो कुनै उद्धेश्य नरहेको पनि उल्लेख गरेका छन् । ‘न्यायालयप्रति उच्च सम्मान छ, अनादर गर्ने उद्धेश्य छैन’, केसीले बयानका क्रममा भने, ‘मेरो उद्धेश्य न्यायालयको अपमान गर्ने नभइ, भ्रष्टहरुको विरोध गर्नु मात्रै हो ।’
सर्वोच्च अदालतको अपहेलना गरेको अभियोगमा सोमबार पक्राउ परेका डा. केसीलाई मगलबार बिहान अदालतमा उपस्थित गराइएको थियो । बयान लिइसकेपछि केसीको पक्ष विपक्षमा बहस थालिने भएको छ । केसीको पक्षमा बहसका लागि करिब १२ जना वकील सर्वोच्चमा भेला भएका छन् ।
Annapurnapost
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...