हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल‘धुर्मुस’ र कुन्जना घिमिरे‘सुन्तली’ले तराईको रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ९० प्रतिशत काम सम्पन्न भएको छ । असोज ४ गते शिलान्यास गरि काम सुरु गरिएको बस्ती माघ २४ गते हस्तान्तरण गरिनेछ ।
धुर्मुसले त्रसामाजिक सन्जाल फेसबुकमा स्ट्याटस पोष्ट गदैं सन्तपुर बस्तीको ९० प्रतिशत काम सकिएको जानकारी दिएका हुन् । उनले दिएको जानकारी अनुसार बस्तीका घरहरुमा रंगरोगन र भित्री बाटोमा ढुङ्गा छाप्ने काम सुरु भएको छ । अब बस्तीमा मन्दिर र भ्यू टावरको निर्माण मात्र बाँकी रहेको छ । बस्ती हस्तान्तरणको १ महिना अघिनै हस्तान्तरण माघ २४ गते हस्तान्तरण गर्न सक्ने अवस्थामा पुगेको खुसी ब्यक्त गदैं धुर्मुसले सहयोगी मनहरुलाई धन्यवाद समेत दिएका छन् । उनले लेखेका छन् ‘नितान्त यहाँहरुकै साथ र सहयोगको कारण हामी यस अवस्थामा आईपुग्न सफल भएका हौँ । सम्पुर्ण सहयोगी मनहरु प्रति कृतज्ञता प्रकट गर्दछौं ।’
हस्तान्तरणको १ महिना बाँकी रहेपनि धुर्मुस बाढी पिडित तराई बासी, जो जाडोले प्रभावित बनिरहेका छन् उनिहरुलाई न्यानो समेत बितरण गरिरहेका छन् ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...