इलामका अग्रजहरुलाई राजधानीमा सम्मान
काठमाडौं, २३ पुष । इलाम विकास समाज काठमाडौंको आयोजनामा आइतबार राजधानीमा एक स्वागत सम्मान कार्यक्रम सम्पन्न गरियो । समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको प्रशासन, स्वास्थ्य र सुरक्षा क्षेत्रमा कार्यरत आठजना विशिष्ठ व्यक्तित्वहरुलाई सम्मान गरियो ।
सम्मानीत व्यक्तित्वहरुमा शहरी विकास मंत्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सूचना विभागका महानिर्देशक बीरबहादुर राई, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक पंकज श्रेष्ठ, नेपाल प्रहरीका (नायव प्रहरी महानिरिक्षक) डीआईजी मनोज न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका (नायव प्रहरी महानिरिक्षक) डीआईजी महेन्द्र भट्टराई, नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक –एसएसपी) पीताम्बर अधिकारी, वीर अस्पताल नसिंङ क्याम्पसका प्रमुख प्रमीला देवान र शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका बरिष्ठ नसिंङ प्रशासक चम्पा श्रेष्ठ हुनुहुन्छ ।
उहाँहरुलाई इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले दोसल्लाले, इलामका अग्रज समाजसेवी याम कर्माचार्यले अविर र
धरणी गौतमले खादा पहियाएर सम्मान गर्नु भयो । उक्त सम्मान कार्यक्रममा इलामका सञ्चारकर्मी लोकनाथ सुवेदी, कृषि उद्यमी गोविन्द दाहाल समाजसेवी नरनारायण वत्स, सरस्वती कर्माचार्य र पुन्य घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । समाजका अध्यक्ष राधेश्याम लेकालीले समाजले आगामी माघ १ गते माघे संक्रान्तिका अवसरमा काठमाडौंमा माइबेनी साझ आयोजन ागर्ने जानकारी गराउनु भयो । इलामका स्रष्टा द्रोण पराजुली र सु
लोचना कर्माचार्यले स्वागत गीत प्रस्तुत गर्नु भएको थियो ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...