१९ पुस, काठमाडौं । राष्ट्र बैंकको हालैको अध्ययनअनुसार नेपालमा आएका विदेशी कम्पनीमध्ये ३७ वटाले मात्रै उत्पादनमुलक उद्योग खोलेको पाइएको छ । जबकि, दुई सय ५२ वटा कम्पनीले विदेशी लगानी भित्र्याउने बताएका छन् ।
३७ वटा उद्योगको उत्पादन पनि त्यति ठूलो छैन । तीमध्ये ११ वटाले मात्रै उत्पादित वस्तु विदेश निर्यात गर्छन् । राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाका अनुसार विदेशबाट आएको लगानीमध्ये एक सय ५१ अर्ब त ‘स्टक’कै अवस्थामा छ । लगानी प्रयोजनमा प्रशस्त कम्पनी दर्ता भए पनि ठूलो मात्रामा रकम भित्रिन सकेको छैन ।
राष्ट्र बैंकको रिपोर्ट सार्वजनिक हुन बाँकी छ ।
वैदेशिक लगानी भित्र्याउने बताए पनि त्यसका लागि सरकार आफैंले अनुकुल वातावरण बनाउन सकेको छैन । राजनीतिक अस्थिरता र लगानी भित्र्याउन भोग्नुपर्ने प्रक्रियागत जटिलता त्यसमा मुख्य बाधक बनेका छन् ।
अहिले अधिकांश लगानी जलविद्युत र सञ्चार क्षेत्रमा आएको अर्थशास्त्री पोषराज पाण्डे बताउँछन् । अहिले अन्य मुलुकले सेवा, खाद्यान्न र कपडा उद्योगमा वैदेशिक लगानी भित्र्याइरहेका छन् । नेपालमा भने त्यसो हुन सकेको छैन ।
देशमा आवश्यक मात्रामा उद्योगधन्दा खुल्न सकेका छैनन् । सरकारले यसका लागि स्वदेशी/विदेशी दुवै लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । उद्योगधन्दाका लागि लगानी हुन नसकेसँगै कामको खोजीमा दैनिक १५ सय युवा-युवती विदेशिने गरेका छन् ।
उनीहरुले पठाएको रकमले नै अहिले देशको अर्थतन्त्रलाई टेवा पुर्याएको छ । केही समययता रेमिट्यान्सको वृद्धिदर पनि खुम्चिँदै गएको छ । त्यसैले अब बन्ने सरकार उद्योगधन्दा खोल्ने उचित वातावरण निर्माणमा केन्दि्रत हुनेपर्ने उद्योगी, व्यवसायीहरुको भनाइ छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माका अनुसार अहिले देशका उद्योगधन्दाले स्थानीय समस्या हटाउन नै ठूलो समय खर्चिनु परिरहेको छ । शर्मा भन्छन्, ‘सर्वसाधारणसँगका लगायत आन्तरिक समस्या हटाउन हामीले ३० प्रतिशत समय व्यतित गर्नुपर्छ । त्यसैले पनि हामीले नयाँ सिर्जना गर्न सकेका छैनौं ।’
नीति निर्माताहरु कर संकलनमा मात्रै बढी केन्द्रित भएको शर्माको आरोप छ । आयात गरिएका सामानमा कर लगाउँदै अर्थतन्त्र चलाउनमा कर्मचारीदेखि नेतासम्म उद्यत रहेको उनको भनाइ छ ।
शर्माले भने, ‘देशको प्राथमिकता के हो भन्ने प्रष्ट पारिदिनुपर्यो । आयातित वस्तुमा कर लगाएर राजस्व संकलन गर्ने हो कि उद्योगधन्दा खोलेर त्यसबाट आम्दानी गर्ने हो ?’
पर्यटन र उत्पादनमुलक उद्योग, शिक्षा, स्वास्थ्य र कृषिमा ठूलो लगानीको आवश्यकता छ । यसमा सरकारले न लगानी आकर्षण गर्न सकेको छ, न त आफैंले रकम खर्चिन सकेको छ । सोही कारण अहिले बजारमा रोजगारीको मात्रै होइन, दक्ष जनशक्तिको समेत अभाव छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...