युनिभर्सल अनलाईन टीभी, सम्वाददाता
भृकुटीमण्डप, काठमाण्डौ
प्रस्तावित पाँचौ राष्ट्रिय पोसाक दिवसको अवसर पारेर नेपाली राष्ट्रिय पोसाकको आधिकारिक घोषणा र औपाचारिक रुपमा राष्ट्रिय पोषाक दिवस मनाउने संवैधानिक निर्णय गरियोस् भन्ने जोडदार माग राख्दै काठमाण्डौमा एक विशेष समाह्रोहका बीच कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ ।
अभियानको अध्यक्षता राजानन्द माण्डब्यले गर्नुभएकोछ भने कार्यक्रमलाई देशैभरका २६ बटा भन्दा बढी स्थानमा सफलताका साथ मनाईएको थियो ।
कार्यक्रमलाई स्वागत नेपाली पोषाकका अभियानता श्याम बजगाँईले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, अतिथिहरुमा पुर्व अर्थमन्त्रीद्धय प्रकाशचन्द्र लोहनी, रामशरण महत, पुर्व प्रधानसेनापति रुक्मागंद कटवाल, सामाजिक अभियानता निगम हुमागाँई, युवा अभियानता विष्णु दाहाल लगायतको सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्मरण रहोस् अग्रेजी नयाँ बर्षको दिनलाई नेपाली टोपी दिवस समेत मनाउने गरिन्छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...