२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१८ को तयारी यस्तो छ

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१८ को  तयारी यस्तो छ

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१८ तयारी यस्तो छ
“नेपाली हुनुमा गर्व गरौं, नेपाली भाषा र संस्कृतिको जर्गेना गरौ” भन्ने मुल नारा लिएर मिडिया एण्ड ईनटरटेनमेन्ट प्रा.लि. ले नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१८ गर्ने भएको छ । विभिन्न १३ विधालाई समावेश गरि गर्न लागिएको अवार्डमा नेपालमा वोलिने मुलधारका गीत संगीतका अलावा विभिन्न भाषा भाषीको गीतहरुको समेत सहभागिता रहनेछ ।


सन् २०१५, जनवरी १ देखी २०१७ डिसेम्वर ३१ सम्म रेकर्ड भएका वा वजारमा आएका नेवारी, देउडा, मैथली÷ भोजपुरी, शेर्पा, तामाङ, लिम्वु, राई, थारु, गुरुङ, मारवाडी भाषालाई अवार्डमा सहभागी गराईने छ भने मुलधारका गीत संगीतहरुमा सन् २०१७, जनवरी १ देखी २०१७ डिसेम्वर ३१ सम्म रेकर्ड भएका वा वजारमा आएका चलचित्र, आधुनिक÷पप र लोकदोहरी गीतलाई समावेश गरिने आयोजकले जनाएको छ ।
ईसेवा मार्फत आवेदकहरुले अवार्डका लागी आफ्ना गीतहरुको आवेदन दिन सक्नेछन् भने कार्यलयमै उपस्थित भएर पनि आवेदन दिन सकिने आयोजक समितिका व्यवस्थापक राजन थापाले वताएका छन् ।
नेपाली गीत संगीतको क्षेत्रमा यो नौलो प्रयोग सहतिको कार्यक्रम भएकाले यस कार्यक्रममा सर्जक तथा स्रष्टाहरुको उल्लेखनिय सहभागिता रहनेकुरामा आफु विश्वस्त रहेको आयोजक समितिका संयोजक कमला जोशीले वताईन् ।
चलचित्र, आधुनिक÷पप र लोकदोहोरी गीतका लागी उत्कृष्ट गीतकार, संगीतकार र गायक÷गायिका रहनेछन्, अन्य विभिन्न भाषा भाषीका गीतहरुका हकमा भने उत्कृष्ट गीतको रुपमा भाषा पिच्छेका गीतलाई अवार्ड दिईनेछ । साथै भाषा भाषीको गीतका सर्जकहरुको प्रोत्साहनका लागी अवार्डमा मनोनयनमा परेका गीतकार, संगीतकार, गायका÷गायिकाहरुलाई प्रशंसा पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।
फाल्गुनको दोश्रो साता अवार्ड कार्यक्रमको समापन गरिने सक्ने आयोजकले वताएकोछ ।
फारमको लागी लिंक ः www.award.esewa.com.np  

Related News

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
  • १४ पुष २०७४, शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य...

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • १४ पुष २०७४, शुक्रबार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • १४ पुष २०७४, शुक्रबार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

TOP