नेपाल जेसीजको ४४ औं महाधिवेसनमा भएको निर्वाचनमा रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल बिजयी भएका छन् । उनले ६ सय ३९ मत ल्याई सन् २०१८ को लागि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी महेश पौडेलले ६ सय ३१ मत प्राप्त गरेका थिए । महासचिवमा भने श्रीराम पौडेल विजयी भएका छन् ।
यसैगरी महाधिवेशमा ४ कार्यकारी उपाध्यक्ष तथा १२ उपाध्यक्षको पनि निर्वाचन सम्पन्न भएको छ । कार्यकारीणी उपाध्यक्षमा रश्मी शिल्पकार, अशोक शंकर, पदम बिक्रम शिंह र विकास मानन्धर विजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा स्याम सुन्दर पौडेल, विजय गुरुङ, रविन पोख्रेल, टेकराज रेग्मी, राजेन्द्र घिमिरे, सुमित्रा शर्मा, विजय घिमिरे, जनक घिमिरे, गोबिन्द देवकोटा, रञ्जन चापागाइ, अमिश ढकार र रश्मि निरौला विजयी भएका छन् । कानुनि सल्लाहाकारमा अन्जन बाबु खत्री र कोषध्यक्षमा हेमराज ओझ विजयी भएका छन् ।
सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसीजको १ सय १७ देशमा शाखा विस्तार छ । जेसीजको मूल उद्धेश्य १८ वर्ष देखी ४० वर्ष उमेर समूहका युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास गर्नु रहेको छ ।
नेपालमा सन् १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरी १३८ वटा शाखा रहेका छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...