साउन मसन्तमा आएको वाढीले लछारेको चितवनको पर्यटिकय गन्तव्य सौराहा पूरानो लयमा लगभग फर्किएको छ । बाढीले करोडौंको क्षति गराएपनि त्यसलाई विर्सदैं हात्ती महोत्सवमा रमाउन थालेका छन् सौराहाका होटल व्यवसायी ।
मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
सौराहामा हात्ती महोत्सव हरेक वर्ष हुने गरेको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्कषित र वृद्धि गर्ने रहेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।
महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले जानकारी दिए । गएको साउन २८ र २९ गते आएको बाढिले करोडौंको क्षति भोगेको सौराहाले पर्यटकहरूलाई नवनिर्मित सौराहा देखाउने एक अवसर हात्ती महोत्सव हुने घिमिरे बताउँछन् ।
केके हुन्छ हात्ती महोत्सवमा ?
मूख्य रुपमा हात्ती सफारी र हात्तीका गतिविधि हेर्न मानिसहरु पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् ।
यस बर्ष महोत्सवमा हात्तीको वनभोज, फाष्टवाक, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता महोत्सवको आर्कषण हुन् । त्यसैगरी हात्तीपोलो, हात्ती पेन्टिङ, वार्थिङ कार्यक्रमका साथै गाडा र टाँगा दौड प्रतियोगितालाई पनि समावेश गराइन्छ ।
हात्ती वनभोजमा १ सय हात्ती सहभागी गराइने महोत्सव संयोजक दीपक भट्टराईले जानकारी दिए । सौराहामा ५७ वटा निजी हात्ती छन्, जसमध्ये ७० प्रतिशत महोत्सवमा सहभागी हुनेछन् । साथै अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी हुन्छन् ।
यसवर्ष हात्तीको वाथिङ (नुहाउने) कार्यक्रम थपिएको छ । ‘हामीले हात्तीमैत्री खेलहरु मात्रै राखेका छौं, हात्तीलाई कष्ट दिने कुनै उद्देश्य छैन’ संयोजक भट्टराईले भने, ‘छावाको फुटबल, वनभोज कार्यक्रममा हात्ती रमाएको पाउँछौं ।’
महोत्सवमा विभिन्न जातजातिका साँस्कृतीक पहिचान झल्कने स्टलसहित ४० वटा स्टल राखिएको छ । आदीवासी थारु जातिको संस्कृति झल्कने ड्रेस लगाएर फोटो खिच्न मिल्ने व्यवस्था पनि गरिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष घिमिरले जानकारी दिए ।
onlinekhabar
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...