कुलुगंको नयाँ बर्ष मिनारी दाचाम् ५०७८ काठमाण्डौमा यसरी मनाइयो
कला संस्कृतिको संरक्षण तथा प्रवर्धन गरौँ भन्ने मूल उद्धेश्यका साथ नेपाल किरात कुलुगं भाषा संस्कृति उत्थान संघ केन्द्रीय समितिको आयोजनामा काठमाण्डौका धुम्वाराही स्थिति एस आर बैन्केट मा भव्यताका साथ सम्पन्न भएको छ । राई सभ्यता अनुसारको ५०७८ औ
नव बर्षको पावन अवसरमा आयोजित कार्यक्रम दुई चरणमा विभाजन गरी सम्पन्न गरिएको थियो । प्रथम चरणमा इतिहास र कुलुगं जातीमा अन्वेषक तथा इतिहास विद् लेखक इन्द्र बहादुर कुलुगं द्धारा लिखित किराती कुलुगं नामक कृति विमोचन सम्पन्न गरियो । सोसाइटी फर पार्टनर इन डेभेलपमेन्ट का संयोजक दिलराज बस्नेतको रु १,००,०० एक लाख सहयोग पुस्तक प्रकाशनका लागि प्राप्त भएको जानकारी कार्यक्रम प्रस्तोता तथा संस्थाका सचिव अजय कुलुगंले जानकारी गराउनु भयो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री कृपासुर शेर्पाको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चन्द्र सिंह लोहती सम्पन्न भएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा विशेष सांगितिक कार्यक्रम सचालन भएको थियो उक्त सत्रमा मेलिना राई, प्रमिला राई, योजना पुरी, सम्भु राई, अजय कुलुगं लगायतका बरिष्ठ गायक गायिकाहरुले आफ्नो प्रस्तुतिहरु राख्नुभएको थियो ।
संस्थाले अवको परियोजना अन्तर्गत काठमाण्डौ आफ्नो भवन निर्माण गर्ने, साउदी अरवमा जेल जिवन विताईरहेका इलामका प्रेम राई लाई व्लड मनि बापतको रु ९५ लाख उठाएर उनको जीवन बचाउने र कुलुगं जातिलाई राष्ट्रिय जातिको मान्यता प्रदान गर्न संघर्ष गर्ने प्रति
वद्धता समेत अध्यक्ष चन्द्र कुलुगंले व्यक्त गर्नु भएको थियो ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...