३ जेष्ठ २०७९, मंगलवार
May 17, 2022, Tuesday

चुकन्दरको प्रयोगबाट हुने फाइदाहरु

चुकन्दरको प्रयोगबाट हुने फाइदाहरु

प्रकृतिले यस्ता फल वा खानेकुरा दिएको छ, जो त्यही समयका लागि अति उपयोगी हुन्छ । अर्थात जाडोको मौसमका जे जति खानेकुरा उत्पादन हुन्छ, त्यो त्यही मौसममा हाम्रो शरीरले माग गरिरहेको हुन्छ ।

 

त्यस्तै उत्पादन हो, चुकन्दर । सलादको रुपमा धेरैले चुकन्दर सेवन गर्छन् । गाढा रातो रंगको चुकन्दर सलगम जस्तै हुन्छ । चुकन्दर रातो हुन्छ । यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ । यसमा आइरन पाइन्छ । आइरनका साथै यो भिटामिन सिको राम्रो स्रोत हो । यसको नियमित सेवनले भिटामिन ए, बी, बी-१, बी-२, बी-६ र भिटामिन सिको पूर्ति गराउाछ ।

धेरैलाई थाहा छैन कि, चुकन्दरमा फलाम तत्व अधिक हुादैन । तर, यसबाट प्राप्त हुने फलाम तत्व उच्च गुणवत्ता हुन्छ । जसले रक्र निर्माण्मा विशेष महत्वपूर्ण भूमिका खेल्छ । यहि कारण चुकन्दर चुकन्दरको सेवनले शरीरको अनेकौ हानिकारक पदार्थ बाहिर निकाल्न फाइदाजनक मानिन्छ ।

पात पनि फाइदाजनक

चुकन्दरको पात पनि निकै फाइदाजन मानिन्छ । चुकन्दरको पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्व पाइन्छ । पत्तामा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ ।

पातको सेवनले पनि शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसले प्राकृतिक क्लिन्जरको रुपमा काम गर्छ । चुकन्दरमा पोटाशियम, सोडियम, क्याल्शियम, म्यानिज, फाइबर आदि पर्याप्त हुन्छ ।

सुपाच्य खाद्य पदार्थ भएकाले चुकन्दरको सेवनले पर्याप्त उर्जा पनि प्रदान गर्छ ।

चुकन्दरको गाढा रातो रंग के हो ?

हेर्दै रहरलाग्दो गाढा रातो रंग हुन्छ, चुकन्दरको । आम बुझाई छ, यो रातो रंग फलाम तत्वको प्रचुरताको कारण हुन्छ । यद्यपी सत्य के हो भने, चुकन्दरको गाढा रातो रंग यसमा पाइने एक रंगकण अर्थात बीटा सायनिनको कारण हुन्छ । चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुणलाई बढाउँछ ।

एन्टी अक्सिडेन्ट गुणको कारण यो रंगकण स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।

चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुण बढाउँछ । चुकन्दरको नियमित सेवनले सम्पूर्ण शरीरलाई निरोगी राख्छ ।

हाल हाम्रो दैनिक आहारमा चुकन्दरले उचित स्थान पाएको छैन । यद्यपी नियमित रुपमा यसको सेवनले कतिपय रोग निर्मूल हुन्छ । साथसाथै यो सौन्दर्यको पनि खजना हो । यसले हेमोग्लोबिन बढाउाछ, फलत अनुहारको चमक बढ्छ ।

Related News

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
  • १४ मंसिर २०७४, बिहीबार

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य...

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
  • १४ मंसिर २०७४, बिहीबार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय...

ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो
ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो
  • १४ मंसिर २०७४, बिहीबार

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको तेस्रो...

TOP