१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

राष्ट्रिय अनलाईन पत्रकार संघ(नोजा) मा आबद्ध पत्रकारको लागि ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने

राष्ट्रिय अनलाईन पत्रकार संघ(नोजा) मा आबद्ध पत्रकारको लागि ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने

 पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको छ ।

संझौतामा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)मा आबद्ध भएका अनलाईन मिडिया तथा पत्रकार हरुलाई ॐ समाज हस्पिटल को केही सुबिधा बाहेक सबै सुबिधामा विस प्रतिशत छुट दिने सहमति भएको हो ।

यो बाहेक अन्य सुबिधामा समेत हस्पिटलले नोजाले सिफारिस गरेका पत्रकारहरुको कमजोर आर्थिक अवस्था भएकाको लागि निशुल्क उपचार गर्ने गरि र नोजाको सिफारिसमा हरेक उपचारमा २० प्रतिशत  छुट को ब्यबस्था गर्न तयार रहेको हस्पिटलका अध्यक्ष डा.शुवास घिमिरे ले बताउनु भएको छ ।

संझौतामा ॐ समाज हस्पिटल ले दिने बिज्ञापन मा नोजामा आवद्ध मिडियाहरुले पचास प्रतिशत छुट दिने ब्यबस्था गरिएको छ ।

नोजाका अध्यक्ष मुकुन्द ढुंगाना र हस्पिटलका अध्यक्ष डा.शुवास घिमिरे द्वारा हस्ताक्षर गरिएको संझौता पत्र ले अनलाईन पत्रकारीता गरीरहेका पत्रकार हरुलाई ठूलो सहयोग पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले बताउनु भयो।

नोजाले हस्पिटल को सामाजिक कार्यक्रम मा सहकार्य गर्ने र प्रचार प्रसार गर्ने भएपछी हस्पिटल को पनि जन संबन्ध बढ्ने बिश्वास गरिएको छ ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २९ जेष्ठ २०७९, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २९ जेष्ठ २०७९, आईतवार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २९ जेष्ठ २०७९, आईतवार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP