विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ ।
रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेबु्रअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।
प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ ।
युवायुवतीले प्रेमप्रेमिकालाई प्रेमको प्रतीक गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् ।
प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा मनाउन थालिएको यो दिवस नेपालमा पनि चर्चित रहेको छ ।
त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डेलाई युवायुवतीले उपयोग गर्ने गर्छन् ।
भ्यालेन्टाइन डे को अवसरमा आज काठमाडौं लगायत विभिन्न सहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन् ।
यो दिन लाखौँका गुलाबका फूल तथा उपहारको व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ ।
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...
भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...