१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

बिहान ढिला उठ्नुहुन्छ? त्यसो हो भने तपाइलाई लाग्न सक्छ यस्ता भयानक रोग

बिहान ढिला उठ्नुहुन्छ? त्यसो हो भने तपाइलाई लाग्न सक्छ यस्ता भयानक रोग

सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ ।

यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ तर धेरै सुत्दा शरिरमा पुग्ने नकारात्मक असरबारे जानकार हुनुहुन्छ तपाईं ?

यदि तपाईं बिहान अबेर उठ्नुहुन्छ भने तपाईं आफ्नो व्यवहारमा थुप्रै परिवर्तन देख्न सक्नुहुन्छ । यसको सिधा असर हाम्रो दिमाग र हर्मोन्समा पर्ने गर्दछ ।

किनभने यस्ता मानिसहरुको दिमागमा ह्वाइट म्याटर सबैभन्दा खराब स्थितीमा हुन्छ । त्यसकारण तपाईं तनाव र डिप्रेशनमा रहनुहुन्छ भने यसको मुख्य कारण अबेरसम्म सुत्ने तपाईंको बानी हो ।

तपाईंले चाँडै सुतेर बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ किनभने यसले हामीलाई स्वस्थ वातावारण पाउन सहयोग गर्दछ । बिहान न त वातावरणमा त्यति प्रदुषण हुन्छ न नै हल्ला खल्ला । बिहान चाँडै उठ्दा हामीले ऊर्जा र बुद्धि पाउँछौं ।

हरेक व्यक्तिका लागि ८ घण्टा सुत्नु उचित हुन्छ । सधैं अलार्म राखेर सुत्ने कोसिस गर्नुहोस् । ८ घण्टाभन्दा बढि सुत्दा शरिरका विभिन्न भाग दुख्न सुरु गर्दछ ।

धेरै सुत्नुका साइड इफेक्टबारे यहाँ चर्चा गरिएको छ ।

१. मोटोपना बढ्नेछः

मोटोपना र धेरै समयसम्म सुत्नुका बिच सम्बन्ध छ । यदि तपाईं लामो समयसम्म सुत्नुहुन्छ भने तपाईंको शरिर रेस्ट मोडमा हुन्छ । कम शारिरिक गतिविधीको अर्थ तपाईंको शरिरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरैबेरसम्म सुत्ने मानिसहरु मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् ।

यो पनि पढ्नुहोस् – मसाजका यी १० फाइदा अनि ध्यान राख्नुपर्ने कुराहरू
२. डिप्रेशन हुनुः

धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईंको मूडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईं रिसाहा हुनुहुनेछ ।

३. मुटुरोगः

तपाईं जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।

४. ढाड दुख्नेः

जब हामी अबेरसम्म सुत्छौं तब हाम्रो ढाड दुख्ने गर्दछ किनभने धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ । धेरै बेरसम्म सुत्दा शरिरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ ।

५. स्मरण शक्ति कम हुनुः

धेरैबेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा पर्ने गर्दछ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ ।

६. मधुमेहको खतराः

अत्यधिक निन्द्राले शरिरमा सुगरको स्तरलाई बढाउने काम गर्दछ । त्यसकारण अत्यधिक निन्द्राले तपाईंलाई टाइप टु मधुमेहको खतरा बढाउँछ ।

यो पनि पढ्नुहोस् – साबधान ! राती सुत्दा अन्डरवेयर लगाएर सुत्नुहुन्छ ?
७. कब्जियतको समस्याः

जो मानिस धेरैबेरसम्म सुत्छ उनीहरुलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरिरलाई चलाइराख्नुपर्छ ।

८. अकाल मृत्युः

धेरै बेरसम्म सुत्दा तपाईंको अकाल मृत्यु पनि हुनसक्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । कम सुत्ने मानिसहरुभन्दा धेरै सुत्ने मानिसहरुको चाँडै मृत्यु हुन्छ । ८ घण्टाको निन्द्रा हरेक मानिसका लागि पर्याप्त छ ।

९. टाउको दुखाईः

धेरै बेरसम्म सुत्दा उपहारमा तपाईंले टाउको दुखाई पाउनुहुनेछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ ।

१०. मस्तिष्कलाई बुढो बनाउँछः

अत्यधिक सुत्दा तपाईंको मस्तिष्कलाई शक्ति प्रभावित हुनसक्ट किनभने यो मस्तिष्कको उमेरको हिसाबले तीब्र रुपमा बुढो बनाउने गर्दछ ।

Related News

३० तस्बिरमा पनौतीकाे ज्याः पुन्ही जात्रा
३० तस्बिरमा पनौतीकाे ज्याः पुन्ही जात्रा
  • १८ मंसिर २०७४, सोमबार

हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको...

राष्ट्रिय अनलाईन पत्रकार संघ(नोजा) मा आबद्ध पत्रकारको लागि ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने
राष्ट्रिय अनलाईन पत्रकार संघ(नोजा) मा आबद्ध पत्रकारको लागि ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने
  • १८ मंसिर २०७४, सोमबार

 पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको...

विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या
विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या
  • १८ मंसिर २०७४, सोमबार

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार...

TOP