१८ माघ २०७९, बुधबार
February 1, 2023, Wednesday

बजारमा ‘खुकुरी रमको’ एकाधिकार कायम छ

बजारमा ‘खुकुरी रमको’ एकाधिकार कायम छ

सुभास लामिछाने, महाप्रबन्धक, द नेपाल डिस्टीलरिज
६२ वर्ष पूरा भएको नेपाली ब्रान्ड ‘खुकुरी रम’ नेपालमा मात्र नभएर विदेशमा समेत मदिरा पारखीको रोजाइमा पर्ने गरेको छ । २६ कात्तिकबाट खुकुरी रमको नयाँ प्याक बजारमा ल्याएको छ । ‘द नेपाल डिस्टिलरिज प्रालि’ ले २० वर्षदेखि प्रयोगमा ल्याएको प्याकलाई परिवर्तन गरेर नयाँ स्वरुपमा आएको छ । खुकुरी रमले हालै सार्वजनिक गरेको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रमका पारखीको ध्यान तान्न थालेको कम्पनीले जनाएको छ । नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषता थपिएको पनि कम्पनीको दावी छ । खुकुरी रमको प्याक परिवर्तनपछिको कम्पनीले प्राप्त गरेको प्रतिकृया, नेपाली बजारमा अल्कोहलको चुनौतीलगायतमा केन्द्रीत भएर द नेपाल डिस्टीलरिजका महाप्रबन्धक लामिछानेसँग कारोबारले गरेको कुराकानीको सारः

नेपाली अल्कोहल बजारको अवस्था कस्तो छ ?
अल्कोहलको नेपाली बजार वर्गीकृत रहेको छ । २५ देखि ३० यूपीलाई एक किसिमले वर्गीकरण गरिएको छ । ४० यूपी, ५० यूपी र ७० यूपि हुन्छ सबैको आफ्नो हिसाबले हेरिन्छ । हामीले अपग्रेट गरेको ब्रान्ड भनेको २५ देखि ३० यूपीको हो । यो नै हाम्रो मेजर बजारको हिस्सा हाम्रो हो । कोभिडले गर्दा बजार अलिक सुस्त रहेको छ । गत वर्षको तथ्यांक हेर्ने हो भने राम्रै भयो हाम्रो बजार पनि अहिले राम्रै अवस्थामा छ । धेरै समय काममा परेको छ ।

विदेशी ब्रान्डललाई नेपाली प्रडक्टले प्रस्थिापन गरेको हो ?
नेपाली ब्रान्डले ह्वीस्कीमा प्रतिस्थापन गरिनै रहेको छ । अन्य ब्रान्डलाई पनि गरेको छ । हाम्रो रम त नेपाली ब्रान्डमा राम्रो नै रहेको छ, रममा खासै विदेशी ब्रान्ड छैन । पहिला देखिनै रम खानेले खुकुरी ब्रान्ड नै खोज्ने चलन छ । रममा खासै विदेशी ब्रान्ड नआएकाले समस्या छैन । स्वदेशी अल्कोहल कम्पनीले राम्रो गरिनै रहेको छ । ह्वीस्कीको केशमा त विदेशी ब्रान्ड खाने मध्येमा पारखीलाई स्वदेशी ब्रान्डमा आर्कषत गर्न सफल भएको छ । सरकारले प्रत्येक वर्ष अन्तःशुल्कमा वृद्धि गरेको छ । गत वर्ष २० प्रतिशतले वृद्धि भयो । यसरी छिमेकी मुलुकमा र हाम्रो हेर्नु हुन्छ भने धेरै ठूलो फरक छ । यसले गर्दा बोर्डरबाट चोरी पैठारीको ठूलो समस्या छ । सरकारले यसको नियन्त्रणमा काम गरिरहेको भए पनि ठप्प भने भएको छैन । सरकारले प्रत्येक वर्ष अन्तशुल्क वृद्धि गर्दा अल्कोहलको मूल्य बढ्ने गरेको छ । यसले बजारमा असर गर्दछ ।

कच्चा पदार्थ कसरी व्यवस्थापन गर्नुभएको छ ?
मापदण्ड पूरा भएको अवस्थामा हामी स्वदेशी नै प्रयोग गर्दै आएका छौं । रमको केशमा भने हाम्रो स्ट्रिन्जेन्थ अलि कडा छ । मापदण्ड र हाम्रो बनाउने प्रकृया अलि कडा रहेको छ । स्वदेशीले पनि केही मापदण्ड पूरा गरिरहेको छ । हामी दुवै प्रयोग गर्दै आएका छौं र २०० सयलाई रोजगारी पनि दिएका छौं ।

६२ वर्षदेखि रम मात्र उत्पादन गर्दै आएको कम्पनीले नयाँ उत्पादन बारे पनि सोचेको छ ?
कम्पनीले रमको माध्यमबाट विगत ६२ वर्षदेखि व्यापार गर्दै आएको छ । ३ देखि ५ महिनाको लागि रमले बजारमा स्थापित व्यापार गरिरहेकै छ । गर्मी बजारलाई लक्षित गरी नयाँ उत्पादन गर्ने कुनै योजना छैन । नयाँ उत्पादन ल्याउने योजना भने रहेको छ । कम्पनीले नयाँ प्रडक्ट ल्याउन अनुसन्धान गरीरहेको छ ।

कुन क्षेत्रमा र कुन उमेर समूहले बढी रम खाने गरेका छन् ?
रम सबै उमेरका समूहले खाने गरेका छन् । २१ वर्षदेखि माथिकाले रम खाने गरेको बढि देखिन्छ । यो सबैको क्रयशक्तिमा भर पर्ने भएकाले सबैको पहुँचमा रहेको छ । मुलुकका सबै क्षेत्रमा रमको खपत भइरहेको छ । जनसंख्याको चाप धेरै भएका सहरहरुमा खपत धेरै हुन्छ । बजार रमको ब्रान्डमा खुकुरी रमकोे एकाधिकार कायम गर्न सकेका छौं । जुन हामीले हाम्रो प्रडक्टमा दिएको गुणस्तरले नै हो ।

खुकुरी रम कहाँ कहाँ निर्यात भएको छ ?
हामीले १३ देशमा निर्यात गर्दै आएका छौं । जापान, युरोपका मुलुक, हङकङ, बेलायत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा निर्यात हुँदै आएको छ । पहिलो प्राथमिकता भनेको स्वदेशी बजार नै हो । त्यसपछि मात्र विदेशमा निर्यात गर्ने गरेका छौं । माग अनुसारको आपूर्ति गरिरहेका छौं । निर्यातको हकमा भने माग अनुसारको आपूर्ति गर्न सकेका छैनौं । स्वदेशी बजारको माग सम्बोधन पछि मात्र बाह्य देशमा आपूर्ति गर्ने गरेका छौं ।

नर्मल रमको नयाँ प्याकेजिङ देखियो तर नेपालमा चलेको खुकुरी स्पाइस रमको प्याकेजिङको भने नयाँ आएन नी ?
स्पाइस रमको प्याकेजिङ पनि परिवर्तन भयो । खुकुरी स्पाइस रम (अतिरिक्त मसला) र खुकुरी ट्रिपल एक्स रमको विशेषता दुवै भिन्ना भिन्नै रहेको छ । यसका लागि पनि काम भइरहेको छ । खुकुरी ट्रिपल एक्स रम, खुकुरी स्पाइस रम र खुकुरी कोरेनेशन रम (स्व राजा वीरेन्द्रको राज्यभिसेकको अवसरका बनाइएको रम) यो नेपाली खुकुरीकै आकारका प्याकेजिङ भएको छ । नेपालबाट उपहारको रुपमा सबै भन्दा बाहिरिनेले गरेको छ, जुन खुकुरीको आकार हुन्छ ।

नयाँ प्याकमा के फरक छ ?
नयाँ प्याकमा हामी किन आएको भने २० वर्ष भन्दा लामो समयदेखि हामीले प्याक परिवर्तन गरेका थिएनौं । पहिलो प्याकेजिङ मौलिक हुन प¥यो, दोश्रो कुरा मौलिक भएपनि विदेशमा उत्तिकै रुचाउनु प¥यो । पछिल्लो समय हाम्रो प्याकेजिङलाई नयाँ पुस्ताले बढी मन पराएका छन् । सबै क्षेत्रमा नयाँ प्याकेजिङको उत्पादन पु¥याएर उपभोक्तालाई त्यसकारे जानकारी सचेत गराउन चुनौती छ । स्वादमा भने केही परिवर्तन भएको छैन । ६२ वर्ष अगाडि कै स्वादलाई कामय राखेको छ । जाडो समयमा बढी रमको प्रयोग हुने गरेको छ । धेरै मौलिक चिज समावेश गरेका छौं । बोतलमा खुकुरीको बिँड नै समाएको आभास गराउने गरी प्याकेजिङ गरेका छौं । खुकुरीको हाइलाइट गरिएको छ । ब्लेन्डरको हस्ताक्षर समावेश गरिएको छ । यसले आधिकारीक नेपाल प्रडक्ट हो भन्ने सुनिश्चिता गरेको छ ।कारोबार दैनिक बाट लिएको हो।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १२ माघ २०७८, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • १२ माघ २०७८, बुधबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • १२ माघ २०७८, बुधबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP