पूर्व ‘किरात प्रदेश’बाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने किरातीहरुले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात धार्मिकस्थल (किरात माङहिम)मा विधिवत् नयाँ अन्न धान, अदुवा, मर्चा, पानीलगायत मुन्धुविधिअनुसार पूजाआजा गरी उधौली चाड मनाउन सुरु गरेका छन् । इतिहासविद् मन्जुल याक्थुम्बा लिम्बूका अनुसार उक्त धार्मिक वन वि.सं.१९०५ देखि तत्कालीन नेपाली सेनाको किरात पल्टनमा कार्यरत किरात सैनिकले यसरी पूजाआजा गर्न थालेका र त्यसयता निरन्तर रहेको छ ।
राई, लिम्बु, याक्खा र सुनुवार जातिको सामाजिक संस्थाले माग गरेअनुसार सरकारले २०५८ सालमा मंसिरेपूर्णिमा तिथिलाई किरात चाड घोषणा भएको थियो भने ०६४ सालदेखि उभौली वैशाखेपूर्णिमा समेत किरात चाडकै रुपमा घोषणा गरी सार्वजनिक बिदा दिइँदैआएको छ । मंसिरेपूर्णिमादेखि यो चाड करिब दुई महिनासम्म नाच्ने गरिन्छ ।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल,...