१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

‘सूर्यवंशी’ चलेसँगै धमाधम तोकिँदै नेपाली फिल्मको प्रदर्शन

‘सूर्यवंशी’ चलेसँगै धमाधम तोकिँदै नेपाली फिल्मको प्रदर्शन

अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शक फर्काएसँगै नेपाली फिल्मकर्मीहरुले फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । कोरोना महामारीका कारण झन्डै दुई वर्षदेखि प्रदर्शन स्थगन गरिएका फिल्मको प्रदर्शन तयारी थालिएको हो ।

‘फास्ट एन्ड फ्युरियस–९’ लगाउँदै दसैंदेखि हल संचालनमा आएपनि हलमा नेपाली फिल्म प्रदर्शनमा आइरहेको थिएन । निर्माताहरु हलमा दर्शक नआउने डरले फिल्मको प्रदर्शन मिति पक्का गर्न सकिरहेका थिएनन् । तर, बलिउड फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शकको भीड जम्मा गरेपछि नेपाली फिल्मकर्मीमा उत्साह थपिएको छ ।

हालै निर्माता अर्जुन कुमारले फिल्म ‘चपली हाइट–३’को नयाँ मिति तोकेका छन् । उनको टिमले फिल्मलाई पुस २ मा प्रदर्शन गर्ने भएका छन् । कोरोना महामारीकै कारण ४ दर्जन बढी फिल्मको प्रदर्शन रोकियो । कति फिल्मले प्रचारप्रसारको काम सकिँदा पनि प्रदर्शनको मौका पाएनन् । निर्देशक सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ पनि महामारीकै कारण पछाडि सारिएको थियो । अब भने सुदर्शनले माघ १९ गते फिल्मलाई प्रदर्शन गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको नयाँ मिति सार्वजनिक गरेका हुन् ।

‘कुनै एक चलचित्र मात्र नभई पूरा नेपाली फिल्म क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उदेश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ यही वर्षको माघ १९ मा प्रदर्शन गर्ने निर्णय गरेका छौं । सधैंझै सम्पूर्ण चलचित्रकर्मी, पत्रकार साथी र दर्शक महानुभावबाट साथ र सहयोगको अपेक्षा गर्दछौं,’सुदर्शनले फेसबुकमा लेखेका छन् । यसअघि ‘लप्पन छप्पन–२’ फागुन १३, ‘ए मेरो हजुर–४’ चैत २५ र ‘चिसो मान्छे’ले वैशाख २० लाई प्रदर्शनको मिति तोकेका थिए ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २५ कार्तिक २०७८, बिहीबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २५ कार्तिक २०७८, बिहीबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २५ कार्तिक २०७८, बिहीबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP