नेपालमा सदियौँदेखि चलिआएका केही यस्ता परम्परा छन् जुन लोपोन्मुख तर निकै आश्चर्यजनक र जोखिमपूर्ण छन् । यस्तै एउटा परम्परा हिमालको काखमा रहेको लम्जुङ जिल्लाको तांजे गाउँमा प्रचलित छ ।
‘हाइ क्लिफ हनी हन्टिङ’ अर्थात् ‘भीर मौरीको मह शिकार’ भन्ने गरिन्छ । यो परम्परा करिब २०० वर्षअघिदेखि सुरु भएको उनीहरूको भनाई छ ।
उनीहरू वर्षमा दुईपटक नजिकैका भीरहरूमा मह काढ्न जाने गर्दा रहेछन् । तिनैमध्ये एक शिकारी कृष्ण बहादुर तामाङ् भन्छन्, ‘मैले यो काम गर्न थालेको ४५ वर्ष पुगिसक्यो ।’
यो मह काढ्ने प्रक्रिया निकै कलात्मक पनि देखिन्छ । यसमा केही शिकारीहरू मौरी भगाउन भीरको फेदबाट आगो बाल्न थाल्छन् जसले गर्दा धुँवाको मुस्लो माथि मौरीको घारसम्म पुग्छ । अन्य शिकारी भीरको माथि पट्टि डोरी र सिँडी कस्न थाल्छन् । त्यसपछि शिकारी माथिबाट त्यो डोरी र सिडी प्रयोग गरेर मौरीको घार भएको ठाउँ पुग्छन् र मह काढ्न थाल्छन् ।
यो कठिन प्रक्रिया पूरा गर्न १६ जना शिकारीलाई १० घण्टा समय लागेको थियो ।
यस भ्रमणमा सिकारीहरूलाई प्रोत्साहन गर्न भोज डिल्स कम्पनीले खानेकुराको प्याकेजहरू पठाइदिएको थियो ।
Ratopati
सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको तेस्रो...
विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा...
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइयो । मञ्जुश्री...