२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

यस्ता छन् प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र

यस्ता छन् प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र

प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विवाद भैरहँदा उहाँका प्रमाणपत्रका प्रतिलिपि सार्वजनिक भएको छ ।

नागरिकताको प्रतिलिपि अनुसार उहाँको जन्म २०१० वैशाख १६ गते भएको हो । जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट लिइएको नागरिकताको प्रतिलिपि नम्बर १८०३/४४१/३०१० देखिन्छ । पहिले लिएको नागरिकतामा जन्ममिति नभएर उमेर मात्रै लेखिएकाले पछि शैक्षिक प्रमाणपत्रको आधारमा जन्ममिति राखेर नागरिकताको प्रतिलिपि बनाएको बुझिएको छ ।

शैक्षिक प्रमाणपत्रको प्रतिलिपि हेर्दा उहाँले शारदा मावि चितवनमा कक्षा १० सम्म पढेको र वीरगंजको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी उतिर्ण गरेको पाइएको छ ।

अदालतको अवहेलना मुद्दामा बयान दिने क्रममा डा. गोविन्द केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको र दुईवटा नागरिकता लिएकोलगायतका अभियोग लगाएपछि प्रधानन्यायाधीस विवादमा तानिनुभएको छ ।

पराजुलीले काठमाडौं जिल्ला प्रशासनबाट लिएका नागरिकता, न्यायपरिषदबाट उमेरको सवालमा भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन सर्वोच्चले आदेश दिइसकेको छ ।

Ujyaloonline

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • ३० पुष २०७४, आईतवार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • ३० पुष २०७४, आईतवार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • ३० पुष २०७४, आईतवार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP