यो बेहुली पहिरन लगाउनु कुनै पनि दुलहीका लागि सायद सबैभन्दा असजिलो तथा अनौठो काम हुनेछ । किनकि यो विश्वकै सबैभन्दा लामो पहिरनको रुपमा गिनिज बुकमा दर्ज भएको छ ।
फ्रान्सको Caudry सहरमा यस पहिरनको डिजाइन गरिएको हो । यो साँच्चीकै अद्भूत छ ।
यो बेहुली पहिरन २६ हजार ५५९ दशमलब ७१ फिट लामो छ । ८ हजार ९५ मिटर लामो यो पहिरन सगरमाथाको उचाईभन्दा केहीमात्र छोटो छ ।
स्मरण रहोस् यसअघि विश्वको सबैभन्दा लामो पहिरन जम्म १२०३ दशमबल ९ मिटरको थियो ।
दुनियाँको लामो पहिरन उत्पादन गर्ने फ्रान्सको Caudry सहर फित्ता उत्पादनका लागि चर्चित ठाउँ हो । त्यसैले सहरमा यस्ता लामा पहिरन उत्पादन हुनु सामान्य हो ।
यो कीर्तिमानी पहिरनको लम्बाई नाप्नका लागि केबिनेट कारोन ब्रिफर्ट कम्पनीका पेशेवर सर्भेक्षक क्रिस्टोफ डुुमान्ट र गिनिज वर्ल्ड रेकड्सका अधिकारी रब मोलोय त्यहाँ पुगेका थिए ।
सायद यो सगरमाथा जति लामो ड्रेस कुनै बेहुलीले लगाउने हिम्मत गर्ने छैनन् । त्यसैले यसलाई अब सुहाउँदो टुक्रामा काटिनेछ र बेचिनेछ । अनि पहिरन बेचेर प्राप्त रकम च्यारिटीमा दान गरिनेछ ।
एजेन्सीको सहयोगमा
हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको...
पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको...
जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार...