ब्राजिलियन फुटबल लिजेण्ड रिकार्डो काकाले फुटबलबाट सन्यास लिएका छन् । प्लेमेकर काकाले आइतबार राति सोसियल साइट ट्वीटरबाट सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
ब्राजिलियन विश्वकप विजेता सदस्य काकाले सन्यासको घोषणा गर्दै अब आफु अर्को यात्राको लागि तयार रहेको बताएका छन् । ३५ बर्षिय काकाले फुटबलबाट सन्यासको घोषणा गर्दै ट्वीटरमा लेखेका छन् , “बुबा, यो मैले कहिल्यै कल्पना गरेभन्दा धेरै बढी थियो । धन्यवाद, अब म अर्को यात्राको लागि तयार छु ।”
विश्वकप विजेता टोलीका सदस्य काकाले ब्राजिलबाट ९२ खेल खेल्दै २९ गोल गरेका थिए । ब्राजिलले दक्षिण कोरिया र जापानमा भएको सन् २००२ को विश्वकप जित्दा काका टोलीका मुख्य सदस्य रहेका थिए । यस्तै ब्रजिलले दुई पटक अन्तरमहादेशीय कप फुटबलको उपाधि जित्दा काका टोलीमा रहेका थिए ।
ब्राजिलियन क्लब साउ पोउलोबाट क्लब फुटबल सुरु गरेका काकाले इटालियन क्लब एसी मिलान र स्पेनिस क्लब रियल मड्रिडबाट समेत खेलेका छन् । सन् २००३ मा साउ पोउलोबाट एसी मिलान आएका काकाले २००९ बाट २०१३ सम्म रियल मड्रिडबाट खेलेका थिए । त्यसपछि काका पुन एसी मिलान फर्किएका थिए ।
अट्याकिङ मिडफिल्डर काका बालोन डी ओर विजेता खेलाडी हुन् । काकाले सन् २००७ यो अवार्ड जितेका थिए । त्यसयता क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले यो अवार्ड जित्दै आएका छन् । काकाले आफ्नो करियरमा च्याम्पियन्स लिग, यूएफा सुपर कप, फिफा क्लब विश्वकप, इटालियन सिरी ए, स्पेनिस ला लिगा र स्पेनिस सुपर कप जितेका छन् ।
काका पछिल्लो समय अमेरिकाको उच्च डिभिजन लिग मेजर सकर लिगको ओर्लान्डो सिटिबाट ब्यबसायीक फुटबल खेल्दै आएका थिए । काका सन् २०१४ मा इटालियन क्लब एसी मिलानबाट ओर्लान्डो सिटि गएका थिए । एजेन्सी
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...