काठमाडौं : नेपालमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै एक सय ६० रनको योगफल खडा गरेको थियो। नेपालीको पालीमा दुवै प्रारम्भिक ब्याट्सम्यानले अर्धशतक बनाए।
टोलीका उपकप्तान समेत रहेका डिगमसिंह चेमजोङले अविजित ७९ रन बनाए। ६२ बलको सामना गरेका उनले १० चौका हिर्काए। यसैगरी अर्का प्रारम्भिक ब्याट्सम्यान नविन राईले पनि ५९ रन बनाए। दुवै प्रारम्भिक ब्याट्सम्यानले एक सय ४९ रनको साझेदारी गरेका थिए।
नेपालका डानबहादुर थिङले खाता खोल्न सकेनन् भने जंगबहादुर थापा चार रन बनाउँदा विपिन पौडेल एक रनमा अविजित रहे। बंगलादेशका रिपोन उदिनले दुई तथा मोर्सेद आलमले एक विकेट हात पारे।
एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १८.२ ओभरमा एक सय ६ रनमा समेटियो। बंगलादेशलाई कम योगफलमै समेट्न विपिन पौडेलले तीन विकेट लिए।
यसैगरी विष्णु अधिकारी, रामबहादुर तामाङ र कप्तान हिमाल अर्यालले एक एक विकेट लिए। बंगलादेशका मोर्सेद आलमले सर्वाधिक २० रन बनाए। यसैगरी उज्वल बैरागीले १७, मोहमद मिथलेु १३ र रोजेन हुसेनले ११ रन बनाए।
बंगलादेशले २४ रन अतिरिक्तमार्फत पाएको थियो। फाइनल खेलको म्यान अफ दि म्याच डिगमसिंह चेमजोङ चुनिए। प्रतियोगितामा नेपालका नविन राई बेस्ट ब्याट्सम्यान, विपिन पौडेल बेस्ट बलर, राजु गुरुङ बेस्ट विकेटकिपर र नेपालकै डिगमसिंह चेमजोङ प्लेयर अफ दि सिरिज चुनिए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे।
प्रतियोगितामा भारतको पनि सहभागिता रहेको थियो। नेपालले भारत र बंगलादेशविरुद्धको दुवै खेल जितेर फाइनलमा पुगेको हो। बंगलादेशले भारतले स्तब्ध बनाउँदै नेपालसँगको फाइनल भिडन्त पक्का गरेको थियो।
ह्विलचेयर क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितालाई पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाको स्मृतिमा स्थापित फाउन्डेसनले मुख्य प्रायोजन गरेको थियो।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...