नेपालले थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो ।
बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा तृतराज दासले २७ रनको योगदान दिए ।
त्यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसीले ११ रन जोडे । सुनील भण्डारी ११ रनमा अविजित रहे । हङकङका नासरुल्ला रानाले ३ तथा रौनक कपुर, आर्यन शरद शेट्टी र हुसेन खान महमदले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले पूरै ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । खराब सुरुवात गरेको हङकङको सम्मानजनक स्कोरमा आर्यन शरद शेट्टीले २४ रनको योगदान गरे ।
शून्य रनमा ओपनर तेज नारायणलाई गुमाएको हङकङको लागि कालहन मार्क चल्लुले १६, आरुष भागवतले १२ रन जोड्दा कप्तान आदित गोरावाराले ७ रन बनाए । हङकङका ४ ब्याट्सम्यान शून्य रनमा पेभेलियन फर्किएका थिए । हङकङलाई सस्तैमा समेट्न नेपालका प्रतिष जिसीले ३ तथा अजय कुमार लोनियाले २ विकेट लिए । त्यस्तै निखिल कुमार सिहं र नारायण जोशीले समान १ – १ विकेट झारे ।
हङकङमाथिको जितसँगै समूह ए बाट नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । लगातार दुई खेलमा जित निकालेको नेपालले शिर्ष स्थानमा रहदै ४ अंक जोडेको छ । यो समूहमा २ अंक जोडेको हङकङ दोस्रो र समान अंकसहित थाइल्याण्ड तेस्रो स्थानमा छ । म्यानमार अंकबिहिन रहेको छ ।
प्रतियोगिताको अन्तिम खेल नेपालले बिहिबार म्यानमारसँग खेल्नेछ । यस्तै हङकङले थाइल्याण्डसँग खेल्नेछ । अन्तिम खेलपछि समूह विजेता र उपविजेताको तय हुनेछ । सेमिफाइनलमा समूह ए को बिजेताले समूह बि को उपविजेता र समूह ए को उपविजेताले समूह बि को बिजेतासँग खेल्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो ।
एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘बि’ मा मलेसिया, भुटान, चीन र सिंगापुर रहेका छन् । यो समूहमा सिंगापुर लगातार २ खेलमा जित निकाल्दै ४ अंक जोडेर सेमिफाइनलमा पुगेको छ । यो समूहमा मलेसिया दोस्रो र चीन तेस्रो स्थानमा रहेका छन् । दुवैको समान २ – २ अंक छ ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...