एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आयोजक थाईल्याण्डबिरुद्ध शानदार जित हात पारेको छ । १ सय ८० रनको चुनौती पच्छ्याएको थाईल्याण्डलाई १९ दशमलव ३ ओभरमा ४६ रनमा समेट्दै नेपालले १ सय ३३ रनको फराकिलो जित हात पारेको हो । नारायण जोशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट चट्काएपछि घरेलु टोलीले लज्जास्पद हार ब्योहोरेको हो । सुर्य तामाङले २ तथा बिशाल बिक्रम लामा र निखिल कुमार सिंहले एक/एक विकेट हात पारे । उसका एक ब्याट्सम्यान रन आउट भएका थिए । नेपाली बलरसामु निरिह बनेका थाईल्याण्डका एक पुछारका एक ब्याट्सम्यान बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । उसका ४ ब्याट्सम्यान खातै नखोली पभेलियन फर्किएका थिए । यसअघि बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभर सकिन २ बल अगावै १ सय ७९ रनमा समेटिएको थियो । तृतराज दासले ३९ रन बनाएको नेपाली ईनिङसमा कुशल मल्लले २४ र सुनिल भण्डारीले २३ रन जोडे । नेपालका ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर नछुदै पभेलियन फर्केका थिए । नेपालले दोस्रो खेलमा भोली हङकङको सामना गर्नेछ । समुह चरणको अन्तिम खेलमा नेपालले आगामी बिहिबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । ८ राष्ट्र सहभागी प्रतियोगीता राउन्ड रोविन लिगका आधारमा हुनेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...