१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक हात पा-यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत र आठ कांस्य पदक जित्यो । ५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान पाँच-पाँच स्वर्ण हात पारे । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त ग-यो । कर्णालीले दस रजत र १५ कांस्य हासिल ग-यो ।

प्रतियोगितामा चार कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र दुई व्यक्तिगत र टिममा कीर्तिमान रच्नुभयो । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ अप्रिल २३ मा बनाएको ५.४५ मिटरको राष्ट्रिय कीर्तिमानलाई तोड्नुभयो । एक सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गर्नुभयो । त्यस्तै चार गुणा एक सय मिटर रिले निशाले रेशु थारू, रामकुमारी थारू र सम्झना थारूसंँग मिलेर ५४.२० सेकेन्डको कीर्तिमान बनाउनुभयो । छात्र लङजम्पमा सुदीप थारूले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउनुभयो ।

कुल नगद पुरस्कार राशि नौ लाख पुरस्कार ४५ हजार रुपियाँ रहेको थियो । तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुमा पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाउनुभएको छ ।

भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जिते । छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित ग-यो । कर्णाली तेस्रो भयो । छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ लेहरायो । गण्डकी तेस्रो बन्यो । कबड्डीको छात्रमा सुदूरपश्चिम च्याम्पियन बन्यो । छात्रा कबड्डीमा सुदूरपश्चिम बुधबार नै उपाधि जितिसकेको थियो । मार्सल आर्टस्मा बागमतीकै दबदबा रह्यो । कराँते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो । source

Related News

महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
  • ३१ असार २०७९, शुक्रबार

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...

भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
  • ३१ असार २०७९, शुक्रबार

 धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा
पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा
  • ३१ असार २०७९, शुक्रबार

पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा...

TOP