१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख

भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख

 धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । भारतको दिल्लीबाट एउटा सहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुग्न लागेको जानकारी दिए ।

आयोजक समुहले पत्रकार सम्मेलन मार्फत ट्रफी पनि सार्वजनिक गरेको छ । शमालका अनुसार प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने छन् । 

प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन् । नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उप–विजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् । आयोजकले खप्तड गोल्डकप फुटबल जगतमा देशकै सर्वाधिक धनराशी भएको प्रतियोगिता भएको दावी गरेको छ ।

Related News

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
  • १८ फाल्गुन २०७८, बुधबार

लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...

महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
  • १८ फाल्गुन २०७८, बुधबार

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा
पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा
  • १८ फाल्गुन २०७८, बुधबार

पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा...

TOP