दिल्लीको फिरोज शाह कोटला स्टेडियममा भइरहेको टेष्टमा श्रीलंकाली खेलाडीहरुले पोल्यूशन मास्क लगाएको देखियो । दिल्लीको प्रदुषण सहन नसकेपछि खेलाडी मास्क लगाएर मैदानमा आएका थिए ।
तेस्रो तथा अन्तिम टेष्टमा भारतले ७ विकेट गुमाएर ५३६ रन बनाएर पहिलो पारी समाप्तीको घोषणा गर्यो । कप्तान विराट कोहलीले २४३ रन बनाए भने मुरली विजयले १५५ रन बनाए ।
जवाफमा श्रीलंकाको सुरुवात खराब रहृयो तर, खेलको दौरान श्रीलंकाली खेलाडीहरुले मास्क लगाए । उनीहरुले प्रदुषणबाट बच्न मास्क लगाएका हुन् ।
दिल्लीमा आइतबार एयर क्वालिटी इन्डेक्स दिउँसो १ बजेको हावामा पीएम २.५ स्तर (निकै हानिकरक) थियो ।
दोस्रो दिनको खेल चल्दै गर्दा दिल्लीको प्रदुषित हावाका कारण श्रीलंकाका खेलाडीहरु अस्वस्थ बनेपछि भारतले इनिङ समाप्तिको घोषणा गर्नुपर्ने अवस्था सिर्जना भयो ।
प्रदुषणले खेल दुईपटक अवरुद्ध भएको थियो, १७ मिनेट र पाँच मिनेट । श्रीलंकाका ट्रेनर निक ली ११ औं खेलाडी बनेर मैदानमा पस्दासमेत खेलाडी अपुग हुन गएपछि वाध्य भएर इनिङ समाप्त गर्नुपर्यो ।
लन्चपछिको सेसनमा कम्तिमा पाँच फिल्डरहरु मास्क लगाएर आएका थिए । भारतीय खेलाडीहरु भने प्रदुषणकै बीचमा पनि फिल्डिङ गर्न तयार भए ।
पछिल्लो हिउँदहरुमा दिल्लीमा प्रदुषणको अवस्था चिन्ताजनक बनिरहेको छ । यो वर्षको नोभेम्बरमा सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गरेका थियो ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...