बङ्गलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा आइतबार (आज) नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा अपरान्ह २ः४५ बजे हुने खेलमा नेपाल जितको खोजीमा छ ।
अपराजित यात्रा कायम राखेको नेपाललाई फाइनलमा स्थान बनाउन भारतलाई बराबरीमा रोके पुग्नेछ । भारत पनि नेपाललाई हराएर फाइनलमा स्थान बनाउने योजनामा छ । त्यसैले नेपालका लागि खेल महत्वपूर्ण छ ।
अघिल्ला तीन खेलमा नेपालले दुई जित र एक बराबर नजितासहित सात अङ्क बनाएको छ । भारतको समान खेलबाट ६ अङ्क छ । नेपाल लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको नेपालले तेस्रो खेलमा भुटानलाई ४–० गोलले स्तब्ध बनाएको थियो ।
यसैगरी पहिलो खेलमा श्रीलङ्कालाई ५–० र दोस्रो खेलमा भुटानलाई ३–० हराएको भारत तेस्रो खेलमा बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो । समान सात अङ्क बनाएको आयोजक बङ्गलादेशले पनि आजै श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ ।
च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, श्रीलङ्का र भारत सहभागी छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा शीर्ष दुई टोलीबीच मङ्गलबार फाइनल भिडन्त हुनेछ ।यो समाचार गोरखापत्र बाट लिएको हो।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...