१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचाल्यो

यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचाल्यो

वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचालेको छ ।

टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो ।

जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलब ३ ओभरमा अलआउट हुदै केवल ९९ रनमा सिमित भयो ।

सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे ।

सुदूरपश्चिम प्रदेशका लागि लोकेश बमले सर्वाधिक २५ रनको योगदान गरे । त्यस्तै खडक बोहोराले २१ रन जोड्दा शेर मल्ल्लले १५ रनको योगदान गरे

बलिङतर्फ लुम्बिनी प्रदेशका लागि अजय चौहानले सर्वाधिक ५ विकेट लिए । ५ ओभर ३ बल बलिङ गरेका उनले २० रन खर्चे ।


त्यस्तै दुर्गेश गुप्ताले तीन विकेट लिँदा मोहम्द हुशेनले दुई विकेट हात पारे

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

लुम्बिनीका लागि ९५ बल खेलेका देवले ५ चौका र ४ छक्काको सहयोगमा ७० रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका विशालले ४ चौका र २ छक्काको सहयोगमा ५१ रनको योगदान गरे । लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३२ रन बनाउँदा प्रज्वल थापाले २४ रन जोडे ।


बलिङतर्फ सुदूरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४७ रन खर्चिए । शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट लिए । नरेन साउँद र राहुल भण्डारीले समान एक–एक विकेट लिए ।

Related News

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
  • १९ मंसिर २०७८, आईतवार

लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...

महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
  • १९ मंसिर २०७८, आईतवार

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...

भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
  • १९ मंसिर २०७८, आईतवार

 धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...

TOP