खेल जगतमा पोखरेली प्रतिष्ठा बनेको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १६ औं संस्करण आगामी माघ ९ गतेदेखि २० सम्म पोखरा रंगशालामा हुने भएको छ ।
आयोजक सहारा क्लबले आइतबार यसपटकको प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । सन् २०१९ को दक्षिण एशियाली खेलकुदको आगामी संस्करण नेपालमा आयोजना हुँदैछ । उक्त खेल महोत्सवका सात खेलहरू पोखरामा पनि गरिने भएपछि पोखरा रंगशालाको स्तरोन्नति गरिने भएको छ । रंगशालाको स्तरोन्नती गर्न आह्वान गरिएको ग्लोबल टेण्डरको टुंगो आगामी साता लाग्ने भएको छ । टेन्डरबमोजिम अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाएर १० महिनामा सक्नुपर्ने छ । त्यसो हुँदा यसपटक र आगामी वर्षको पनि आहा ! रारा गोल्डकप फुटबलका प्रतियोगिताहरू प्रभावित हुने आशंका छ ।
कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यमबहादुर गुरूङले टेण्डर टुंगो लागेपछिका प्रक्रिया पूरा हुन करिब ४० देखि ४५ दिन लाग्ने भएकाले यसपटकको प्रतियोगिता रंगशालामै आयोजना गर्न बाधा नपर्ने बताएका छन् । सहाराको पत्रकार सम्मेलनमा उनले भने ‘यदि ठेकेदारले छिट्टै काम थाल्ने भएर रंगशालामा खेलाउन असहज भए पनि विकल्प खोज्ने गरी सहारा क्लबका पदाधिकारी तयार छन् ।’
सहारा क्लबले पोखरा रंगशालामा वर्षेनी माघमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिताले गत वर्ष १५ औं संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
सहारा क्लबका अध्यक्ष केशव थापाले यसपटकको प्रतियोगिता हुञ्जेल रंगशाला स्तरोन्नतिको काम सुरू नहुने भएकाले मिति टुंगो गरिएको बताएका छन् । ‘फुटबल खेलको प्रतिष्ठासँग जोडिएको टुर्नामेन्ट भएकाले हामी रोक्ने पक्षमा भएनौं,’उनले भने, ‘माघसम्म रंगशाला बनाउने काम सुरू नभएको खण्डमा हामीलाई कुनै बाधा पर्दैन । यदि भयो भने अर्को विकल्प खोज्छौं ।’ क्लबले पनि बारम्बार रंगशाला निर्माणको माग प्रमुखताका साथ उठाएको उनले बताए ।
क्लबका महासचिव विश्वराज बरालका अनुसार विदेशी, ‘ए’ डिभिजन र पूर्व–पश्चिमका गरी यसपटक १२ प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । प्रतियोगिताबाट १ करोड २१ लाख ८२ हजार आम्दानी र ९० लाख ५ हजार खर्च हुने अनुमान क्लबको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन आह्वान गरेको ग्लोबल टेन्डरको आगामी शुक्रबारसम्ममा टुंगो लाने कास्की जिल्ल खेलकुद विकास समितिले जनाएको छ । अहिलेको रंगशाला भत्काएर त्यही ठाउँमा नयाँ बनाउन लागिएको हो । यसका लागि एनडी इन्जिनियरिङ कन्सल्ट्यान्सीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ३० हजार दर्शक क्षमताको रंगशाला निर्माणमा ८५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । खेलकुद मन्त्रालयले क्षेत्रीय खेलकुद विकास समितिमार्फत बजेट विनियोजन गरिसकेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ का लागि १७ करोड उपलब्ध गराइसकेको छ ।
४ सय रोपनी जग्गामा रहेको रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल मैदानसहित अन्तर्राष्ट्रियस्तरको एथ्लेटिक्स ट्रयाक पनि रहने छ । रंगशाला निर्माणपछि सन् २०१९ मार्चमा नेपालमा हुने १३ औं सागअन्तर्गत महिला फुटबल यहाँ खेलाइने छ ।
क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले भने, ‘आहा ! गोल्डकप हुञ्जेल रंगशालामा काम सुरू भएन भने कुनै समस्या छैन । यति काम थालियो भने सम्पन्न नहुञ्जेल कुनै पनि प्रतियोगिता गराउन सम्भव हुँदैन ।’तत्कालLन प्रतियोगिताहरूको सुविधालाई हेरेर मैदानको स्तरोन्नतिलाई पछि सार्न नहुनेमा पोखरेली खेलप्रेमीहरूको एक मत रहेको उनले बताए ।
राखेपले सागअन्तर्गत पोखरामा महिला भलिबल, आर्चरी, लनटेनिस, महिला फुटबल र ह्यान्डबल प्रतियोगिता गर्ने तयारी गरेको छ ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...