९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

हामीलाई ठूलो राहत मिल्योः मेस्सी

हामीलाई ठूलो राहत मिल्योः मेस्सी

लिओनल मेस्सी भन्छन्, उनलाई यसअघि यस्तो पीडा भएको याद छैन । जबकी प्रशिक्षक जर्ज साम्पाओलीलाई ठूलो राहत मिलेको छ किनकी नाइजेरियामाथि रोमाञ्चक जित हात पार्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगेको छ ।

दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना त्यस बेलासम्म विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा थियो, जबसम्म म्यानचेष्टर युनाइटेडका मार्कोस रोजेले भली गोल गरेनन् । ८६ औं मिनेटमा उनले गरेको उत्कृष्ट गोलले अर्जेन्टिना २-१ ले विजयी मात्र भएन, विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।

अब उसको भेट फ्रान्ससँग हुनेछ । समूह चरणको दुई खेलमा प्रदर्शन, खलाडी छनोट सबैलाई लिएर अर्जेन्टिनी टिमको खुबै आलोचना भयो । तर, अब के त ? के समस्याहरुलाई एकातिर थाती राखेर अर्जेन्टिना अघि बढ्न सक्छ ?

हामीलाई ठूलो राहत मिल्योः मेस्सी

क्रोएसियासँग ३-० ले हारेपछि अर्जेन्टिनी टिमका विषय धेरै टिकाटिप्पणी भए, प्रशिक्षक हल्लाहरु चले । अहिलेसम्मकै खराब टिमको उपमा पनि पायो ।

टिममा भएको हरेफेरसँगै अर्जेन्टिनाले नाइजेरियाविरुद्ध पहिलो हाफमा राम्रो प्रदर्शन गर्‍योे र १४ औं मिनेटमा लिओनल मेस्सीको उत्कृष्ट गोलसँगै अग्रता पनि लियो ।

दोस्रो हाफको सुरुमा पेनाल्टीमा गोल खाएपछि अर्जेन्टिनालाई धक्का लाग्यो । तर, रोजोको गोलसँगै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

‘यो कठिन अवस्था हो,’ दोस्रो हाफ सुरु हुनुअघि टनेलमा मेस्सीले टिमका सदस्यहरुलाई भनिरहेका थिए ।

‘यो हामी सबैका लागि ठूलो राहत हो । हारपछिका कठिन दिनहरु पनि हामी सबैका लागि खुसी मिलेको छ । भाग्यवस हामीले आफ्नो लक्ष्य पुरा गर्‍यौं,’ उनले भनेका छन् ।

रेफ्रीले खेल सकिएको जनाउ दिएपछि प्रशिक्षक साम्पाओलीले मेस्सीलाई अंकमाल गरेका छन् । मेस्सीले हरेक पटक आफू अरुभन्दा उत्कृष्ट भनेर सावित गरेको भन्दै उनले भनेका छन्, ‘तर, उनलाई टिममेटले सहयोग गर्नुपर्छ ।’

‘उनको मानवीयता अदभुत छ । उनी रुन्छन् र भावुक हुन्छन् । जब अर्जेन्टिनाले जित्छ, खुसी हुन्छन् । उनले आफ्नो भावनाहरु साट्नु महत्वपूर्ण छ । धेरै मानिसहरु भन्छन् कि मेस्सी अर्जेन्टिनाका लागि खेल्दा रमाउँदैनन् तर, म सहमत छैन । मेरा खेलाडीहरु मनदेखि नै खेल्छन्, उनीहरु साच्चै लडाकू छन् ।’

‘आफ्नो देशका मेस्सी बदलिए’

मेस्सी विश्वका उत्कृष्ट खेलाडीहरुको साथमा रसिया आएका थिए तर, सुरुवाति दुई खेल कठिन रहृयो । मेस्सीले आइसल्याण्डविरुद्ध पेनाल्टी मिस गरे भने क्रोएसियाविरुद्ध कुनै जादु देखाउन सकेनन् ।

तर, बार्सिलोनाका स्टारले सोमबार राति जादुमयी प्रदर्शनसँगै गोल गरे । ‘मेस्सी आफ्नो देशका लागि बदलिए,’ नाइजेरियाका पूर्वखेलाडी पिटर ओडेमवेङ्इ भन्छन् ।

मेस्सीले आफ्नो टिमको अस्तित्व रक्षाका लागि योगदान दिएको उनको प्रतिक्रिया छ ।

इंग्ल्याण्डका पूर्वडिफेण्डर रियो फर्डिनान्ड सुरुवाति दुई खेलमा भन्दा सोमबारको खेलमा मेस्सीको बडी ल्याङ्गोइज नै फरक भएको बताउँछन् । उनले भने, ‘मेस्सीले सोचिरहेका होलान् कि यो मेरो मञ्च हो र मेरो क्षण हो ।’

महान खेलाडीले चाहिएको बेला प्रदर्शन गर्ने भन्दै अर्जेन्टिनाका पूर्व खेलाडी एवं मेस्सीका टिममेट जाबालेटले भनेका छन्, यसले देआउँछ कि मेस्सी उत्कृष्ट हुन् ।’

नयाँ सुरुआत कि क्षणिक सुधार ?

अर्जेन्टिनाले अब नकआउट चरणमा आइतबार समूह सीको विजेता फ्रान्ससँग खेल्नेछ । सोमबार निर्णायक गोल गरेका रोजो भन्छन्, ‘हाम्रा लागि विश्पकपको यात्रा सुरु भयो ।’

डिडयर डेसच्याम्पको टोलीले सोमबार डेनमार्कसँग गोलरहित बराबरी खेल्यो । यो खेलमा फ्रान्सको प्रदर्शन सन्तोषजनक थिए ।

तर, बीबीसीका दक्षिण अमेरिकी फुटबल विज्ञ टिम भिकरी भन्छन्, ‘फ्रान्सका अगाडि अर्जेन्टिना कसरी टिक्छ, यो मुस्किल छ ।’

Related News

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
  • १३ असार २०७५, बुधबार

लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...

महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
  • १३ असार २०७५, बुधबार

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...

भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
  • १३ असार २०७५, बुधबार

 धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...

TOP