क्राेएसियासँग लज्जास्पद हारपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले विश्वकपमा खराब प्रदर्शनको दोष खेलाडीहरुमाथि थोपरेका छन् । लिओनल मेस्सीलाई साथ दिने खेलाडी अर्जेन्टिनी टिममा नभएको उनको टिप्पणी छ ।
बिहीबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । यो हारसँगै समूह डीमा रहेको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।
प्रशिक्षक साम्पाओलीले भनेका छन्, ‘अर्जेन्टिनी टिमका कारण मेस्सीको क्षमतामाथि बादल लागेको छ । लिओ सिमित छन् किनकी टिम उनीअनुसार छैन ।’
उनले गोलकिपर विली क्याबलेरोको पनि बचाउ गरे, जसको गल्तीले अर्जेन्टिनाले पहिलो गोल खाएको थियो । उनले भने, ‘क्याबलेरोलाई दोष दिनु उपयुक्त हुन्न ।’
आफूले फरक तरिकाले योजना बनाएको र, त्यसले विपक्षीमाथि दबाव बढ्छ भन्ने सोचेको भन्दै उनले भने, ‘पहिलो गोलपछि हामीले भावनात्मक रुपमा हा¥यौं ।’
‘हाम्रो ड्राइभिङ फोर्स मेस्सी नै हुन् । तर, हामीले उनलाई भेट्टाउन सकेनौं । हामीले लिओलाई बल दिन टिमवर्क ग¥यौं । अर्को टिमले त्यसलाई छल्न काम ग¥यौं ।’
यो हार आफ्नो लागि पनि लाजमर्दो भएको प्रशिक्षक सम्पाओली आफैंले स्वीकार गरेका छन् । उनले अर्जेन्टिनी समर्थक समक्ष माफी समेत मागेका छन् ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...