विश्वकप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डले ट्युनिसियालाई २-१ ले हराएको हो ।
इङ्गल्याण्डको यो जित १२ वर्षपछिको हो । यसअघि सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इङ्गल्याण्डले पाराग्वेलाई हराएको थियो ।
इङ्गल्याण्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरे । खेलको ११ औं मिनेटमा हृयारीले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा पेनाल्टीमार्फत् ट्युनिसियाले बराबरी गोल फर्कायो । पेनाल्टीलाई फेरजानीले गोलमा परिणत गरेका थिए ।
तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा इङ्गल्याण्डले जितको लागि निर्णायक गोल गर्न सफल भयो । कियरनले प्रहार गरेको कर्नर किकलाई कप्तान हृयारी केनले नै हेडमार्फत गोल गरे ।
यो जितसँगै समूह जीमा रहेको इङ्गल्याण्डले महत्वपूर्ण तीन अंक जोडेको छ । समूह जीमा नै रहेको बेल्जियमले पनि पनामालाई पराजित गर्दै समान तीन अंक जोडेको छ ।
विश्वकपमा अफि्रकी देशसँग अपराजित यात्रालाई पनि इङ्गल्याण्डले कायमै राख्न सफल भयो । विश्वकपमा अफि्रकी देशसँग भएका ७ खेलमध्ये इङ्गल्याण्डले चारमा जित र तीनमा बराबरी गरेको छ ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...