२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

चार वर्षपछि ए डिभिजन लिग हुने

चार वर्षपछि ए डिभिजन लिग हुने

क्लबहरूसँगको छलफलपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग समितिले सहिद स्मारक ‘ए’ डिभिजन लिग १३ असोजदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयसँगै चार वर्षयता पहिलोपल्ट ए डिभिजन लिग हुन लागेको हो । पछिल्लोपल्ट ए डिभिजन लिग २०७० सालमा भएको थियो । लिग आयोजना गर्ने निर्णयसँगै तीन सय बढी खेलाडीले रोजगारी पाउने भएको छ । यसअघि लिग नभएको अवस्थामा खेलाडीहरू बेरोजगार भएका थिए भने दर्जनौं खेलाडी फुटबलबाटै पलायनसमेत भए ।

काठमाडौं उपत्यकाका १४ क्लबले असोज १३ देखि माघ १६ सम्म हुने ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । त्यसअनुसार डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी, थ्रीस्टार, जावलाखेल, फ्रेन्ड्स, संकटा, मछिन्द्र, सरस्वती, च्यासल, एनआरटी, ब्रिगेड ब्वाइज, हिमालयन शेर्पा, विभागीय टिम आर्मी, पुलिस र एपीएफले प्रतिस्पर्धा गर्नेछन् । एक टिमले १८ देखि ३५ खेलाडी दर्ता गर्न पाउने छन् । खेलाडी दर्ता १५ भदौबाट सुरु हुनेछ ।

‘विकिन्ड (सातामा एक खेल) लिगका आधारमा सञ्चालन गर्ने अवधारणा तय गरेका छौं,’ लिग समितिका प्रमुख विज्ञानराज शर्माले भने, ‘पुरस्कारलाई वैज्ञानिक र समानुपातिक बनाउने छौं । खेल मिलेमतोलाई निरुत्सािहत पार्न र प्रतिस्पर्धा रोमाञ्चक बनाउन ‘म्याच मनी’ को व्यवस्था गर्ने तयारी गरिरहेका छौं । कार्यविधि ल्याएर लिगको संरचनालाई पूर्णता दिनेछौं ।’ बढीमा एक क्लबले सातामा एक र कहिलेकाही दुई खेल खेल्नुपर्ने उनले बताए ।

एकोहोरो लिग वा दोहोरो (एकअर्काविरुद्ध २–२ खेल), रेलिगेसनमा हुने/नहुनेबारे अझै छलफल भइरहेको उल्लेख गर्दै शर्माले त्यसबारे चाँडै निर्णय गरिने बताए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स लिगको खेल आयोजना गर्नका लागि एक स्थान निश्चित रहेको उल्लेख गर्दै उनले भने, ‘पुलिस, आर्मी र एपीएफका मैदानलाई पनि स्वीकृति लिएर उपयोग गर्नेछौं । एकै दिन दुई वा तीन मैदानमा खेल सञ्चालन गर्नेछौं ।’

‘रोजगारीसँगै खेल्ने अवसर’
‘लिग सञ्चालन गर्ने निर्णयलाई एकदमै सकारात्मक रूपमा लिएको छु,’ राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले भने, ‘लिग नहुँदा राष्ट्रिय खेलाडीले मात्र होइन, अरुले पनि खेल्न पाएको थिएन । लिग आयोजना गर्ने निर्णय राष्ट्रिय टिमका खेलाडीका लागि मात्र होइन, सम्पूर्ण क्लब र अवसर नपाएका खेलाडीका लागि पनि एदकमै खुसीको कुरा हो ।’

लिग नहुँदा गुमाएका अवसर उल्लेख गर्दै महर्जनले भने, ‘सीमित खेलाडीले राष्ट्रिय टिममा अवसर पाएका छन्, अरु धेरैले खेल्ने मौका पनि पाएका छैनन् । खेलाडीले रोजगारी पनि गुमाएको अवस्था छ । त्यसैले अब हुने लिगले खेलाडीलाई रोजगारीसँगै खेल देखाउने अवसर पनि दिनेछ । यसले राम्रो माहोल ल्याउने छ ।’

Related News

यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचाल्यो
यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचाल्यो
  • ३ जेष्ठ २०७५, बिहीबार

वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचालेको छ । टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई १ सय...

मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
  • ३ जेष्ठ २०७५, बिहीबार

सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा तेस्रो जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।...

सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर
सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर
  • ३ जेष्ठ २०७५, बिहीबार

अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित नाम हो, जसप्रित बुमराह। उनको बाल्यकालको नाम जसप्रित जसवीर सिंह बुमराह हो। ६ डिसेम्बर १९९३ मा अहमदाबादमा...

TOP