९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

क्रिकेटर महेश क्षेत्रीलाई ‘नेपालगञ्ज स्पोर्टस अनर’ सम्मान

क्रिकेटर महेश क्षेत्रीलाई ‘नेपालगञ्ज स्पोर्टस अनर’ सम्मान

काठमाडौं– क्रिएटिभ ह्यान्ड्स ग्रुपले क्रिकेटर महेश क्षेत्रीलाई ‘नेपालगञ्ज स्पोर्टस अनर’बाट सम्मानित गरेको छ। काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी ग्रुपले राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी क्षेत्रीलाई सम्मानसहित स्कुटर प्रदान गर्यो। उमेर समूह हुँदै सिनियर क्रिकेट टिममा पुगेर नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै ग्रुपले क्रिकेटर क्षेत्रीलाई सम्मान गरेको हो।

सन् २००२ मा अन्डर १५ टोलीबाट क्रिकेट करियर सुरु गरेका क्षेत्रीले सन् २००५ मा अन्डर–१९ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। सन् २००६ मा मलेसियामा भएको एसिसी ट्रफीमा सिनियर टोलीबाट पहिलो म्याच खेलेका क्षेत्री, नेपालको ट्वान्टी–ट्वान्टी विश्वकप छनोट यात्राका सदस्य थिए।

क्रिकेटर क्षेत्रीले सम्मानका लागि योग्य ठानेकोमा आयोजक संस्थालाई धन्यवाद दिए। आफूले खेल जीवनमा संघर्ष गरेको बताउँदै उनले यस प्रकारको सम्मानले थप ऊर्जा प्राप्त भएको बताए। उनले भने, ‘खेल जीवनमा मैले ठूलो संघर्ष गरेको छु। निकै दुःख पाएको छु। आज सम्मानित हुदाँ निकै ऊर्जा मिलेको छ। देशका लागि अझै मिहिनेत गर्नेछु।’

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले क्रिकेटर क्षेत्रीले नेपाली खेलकुदमा पुर्‍याएको योगदानको चर्चा गर्दै खेलाडीको सम्मानका लागि आयोजक संस्थाले गरेको प्रयासको प्रशंसा गरे। उनले भने, ‘नेपाली खेलकुदका लागि आयोजक संस्थाको योगदान निरन्तर रहोस्। राखेप सदैव सहयोगका लागि तयार छ।’

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले यस प्रकारको सम्मान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए। सम्मान कार्यक्रम आयोजना गर्न विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेको स्मरण गर्दै उनले सबैको साथ र सहयोगले कार्यक्रम सफल भएको बताए।

बाँकेबाट खेलक्षेत्रमा योगदान पुर्‍याएका खेलाडी तथा खेलकर्मीलाई आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सले सम्मान गर्दै आएको छ। ग्रुपले यसअघि महिला क्रिकेटर नेरी थापा मगरलाई समेत स्कुटरसहित सम्मान गरेको थियो।

Related News

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
  • १५ मंसिर २०७४, शुक्रबार

लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...

महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
  • १५ मंसिर २०७४, शुक्रबार

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...

भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
  • १५ मंसिर २०७४, शुक्रबार

 धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...

TOP